Logo

२०८३, आश्विन ९गते


images
images

निर्वाध रूपमा रात्रीकालीन बजार संचालन गर्न हाेटल व्यवसायीकाे माग

निर्वाध रूपमा रात्रीकालीन बजार संचालन गर्न हाेटल व्यवसायीकाे माग

images
  • निर्वाध रूपमा रात्रीकालीन बजार संचालन गर्न हाेटल व्यवसायीकाे माग
    images
    images

    भैैरहवा । बढेको व्याजदर घटाउन र निर्वाध रुपमा रात्रीकालीन बजार संचालन गर्न होटल तथा पर्यटन व्यवसायीहरुले माग गरेका छन । होटल तथा रष्टुरेन्ट व्यवसायी संगठन, रुपन्देहीको ९ औ वार्षिक साधारण सभामा बोल्दै व्यवसायीहरुले कोभिडले शून्य बनाएको व्यवसाय विस्तारै चलायमान हुने अवस्थामा बैंकहरूले कर्जामा अस्वाभाविक रुपमा ब्याज वृद्धि गर्दा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको बताए । राज्यले रात्रकिालीन बजारको घोषणा भए पनि कार्यान्वयनका लागि प्रशासनमा निवेदन दिनुपर्ने लगायतका प्रक्रिया अझै पनि कायम रहेकोले पर्यटन व्यवसयीलाई निर्वाध रात्रीकालीन व्यवसाय गर्न दिनुपर्ने उनीहरुको माग छ । 

    images
    images
    images

    होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले व्याज वृद्धिको विषयमा महासंघले निरन्तर लागेको छ। व्याजको विषयमा सम्बोधन नभए जिल्ला जिललाबाट नेतृत्वले व्याजदर घटाउन दबाबमुलक केन्द्रीय कार्यक्रम गर्ने उनले बताए । 

    images
    images
    images

    रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिवी र बुद्ध सर्किट, स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक आउने नाकासमेत रहेकोले होटल तथा पर्यटन व्यवसायको भविष्य उज्जवल छ, थुप्रै सम्भावनाहरु रहेको त्यसलाई उजागर गर्नुपर्ने बताए ।

    images
    images
    images

    राज्यको चार खम्बे अर्थनीतिअनुसार पर्यटन क्षेत्रको विकास आर्थिक समृद्धिको प्रमुख आधार भए पनि अस्पष्ट राज्य नीति र अर्थनीतिका कारण व्यवसाय वृद्धिका लागि लिइएका ऋणमा चरम व्याज वृद्धि हुँदा व्यवसाय नै धरासायी भई बन्द गर्नुपर्ने अवस्था आएको अध्यक्ष पिताम्बर न्यौपानेले बताए । 

    होटल व्यवसायी महासंघ लुम्बिनीका उपाध्यक्ष समुन्द्र जिसी, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल ज्ञवाली, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म न्यौपाने, सिद्धार्थ होटल एसाेसियसन नेपालका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ, मदिरा व्यवसायी संघ सिद्धार्थनगरका अध्यक्ष केशव ज्ञवाली लगायतले पर्यटन व्यवसायीको हाम्रो मुख्य स्रोत नै भारतीय पर्यटक रहेको सहज रुपमा पर्यटन आउने वातावरणको सृजना गर्नुपर्ने, भन्सार, प्रशासन र दलालहरुले पर्यटकलाई सीमामा दिएको अनाहकको सास्ती हटाउनु पर्ने, सरकारबाट प्रचार प्रसार व्यापक रुपमा गर्नुपर्ने, घरबहाल कर र व्यवसाय करमा छुट दिनुपर्ने व्यवस्था गर्नु पर्ने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।