Logo

२०८३, आश्विन ९गते


images
images

बिएण्डबी अस्पतालले पत्रकारलाई उपचारमा १५ प्रतिशत छुट दिने

बिएण्डबी अस्पतालले पत्रकारलाई उपचारमा १५ प्रतिशत छुट दिने

images
  • सेतोमसी सहकर्मी
  • बिएण्डबी अस्पतालले पत्रकारलाई उपचारमा १५ प्रतिशत छुट दिने
    images
    images

    ललितपुर । बिएण्डबी अस्पतालले पत्रकार महासंघमा आवद्ध देशभरका पत्रकारलाई औषधि तथा उपचारमा छुट दिने भएको छ ।

    images
    images
    images

    पत्रकार तथा पत्रकारसँग आश्रित परिवारलाई औषधि तथा उपचारमा छुट दिने सम्बन्धि सम्झौतापत्रमा बिएण्डबी अस्पताल र पत्रकार महासंघ ललितपुर शाखाबीच हस्ताक्षर भएको छ ।

    images
    images
    images

    शुक्रबार अस्पतालका प्रमुख प्रशासक प्रकाश भट्टराई र महासंघ ललितपुर शाखाका अध्यक्ष सागर न्यौपानेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

    images
    images
    images

    सम्झौता पत्रमा उल्लेख भए अनुसार अस्पतालले नेपाल पत्रकार महासंघमा आवद्ध देशभरका पत्रकार र आश्रित परिवारलाई औषधि र उपचारमा १५ प्रतिशत छुट दिने भएको छ ।  हाल महासंघमा देशभरका १३ हजार पत्रकार आवद्ध छन् ।

    यो सम्झौता शुक्रबारबाट २४ महिनासम्म लागू हुनेछ  । पत्रकार तथा पत्रकारसँग आश्रित परिवारका ६ जनासम्मलाई १५ लाखसम्मको उपचारमा उपचारका लागि १५ प्रतिशत छुट उपलब्ध हुने अस्पतालका प्रमुख प्रशासक भट्टराईले बताए ।
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।