Logo

२०८३, कार्तिक २६गते


images
images

'अपाङ्गता भएका व्यक्तीहरुलाई 'फोकस' गरेर अधिकार सम्पन्न प्रतिष्ठान बनाउनुपर्ने

'अपाङ्गता भएका व्यक्तीहरुलाई 'फोकस' गरेर अधिकार सम्पन्न प्रतिष्ठान बनाउनुपर्ने

images
  • 'अपाङ्गता भएका व्यक्तीहरुलाई 'फोकस' गरेर अधिकार सम्पन्न प्रतिष्ठान बनाउनुपर्ने
    images

    राजेश पराजुली, पोखरा । राष्ट्रिय अपाङग महासंघ नेपाल, गण्डकी प्रदेशले विविध कार्यक्रम गरेर अपाङ्गता भएका व्यक्तिहरुको ३१ औँ अन्तराष्ट्रिय दिवश मनाउने भएको छ । महासंघ गण्डकीले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर दिवश मनाईने कार्यक्रम वारे जानकारी दिएको हो ।

    images
    images
    images

    हरेक वर्ष ३ डिसेम्बरका दिन यो दिवश मनाउने गरिन्छ । शुक्रबार पत्रकार सम्मेलन र अन्तरक्रिया कार्यक्रम गरेको महासंघले शिक्षा, संस्कृती, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयसंग मिलेर शनिबार समारोहको मुल कार्यक्रम गर्न लागेको महासंगका अध्यक्ष खोमराज शर्माले जानकारी दिए । बिहान ९ बजे मानवअधिकार चोकबाट र्यालीसहित न्युरोड हुदैँ सभागृहमा पुगेर मुल समारोह हुने शर्माले बताए ।

    images
    images
    images

    शर्माले अपाङ्गता भएका व्यक्तीहरु राज्यको प्राथमिकतामा नपरेको गुनासो गरे । उनले प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तीहरुलाई फोकस गरेर अधिकार सम्पन्न प्रतिष्ठान बनाउनुपर्ने बताए । शक्षा, संस्कृती, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय जमुना पौडेल कार्कीले अपाङ्गता भएका व्यक्तीहरुका समस्या समाधान गर्ने प्रयास भइरहेको बताइन् । उनले महासाखा अन्र्तगत सिमिति स्रोत साधन रहेको गुनासो गरिन् । जसको कारण चाहेर पनि अपाङ्गता भएका व्यक्तीहरुको लागि काम गर्न सक्ने अवस्था नरहेको उनको भनाई थियो ।

    images
    images

    अपाङ्गता भएका व्यक्तीहरुलाई राज्यको नीति निर्माणको तहमा प्रतिनिधित्व गराउन राजीतिक दलहरु चिन्तित नभएको महासंघको गुनासो छ । नीतिगत रुपमा अपाङ्गता भएका व्यक्तीहरुको अधिकारलाई २०७४ सालमा ऐन मार्फत लिपिवद्ध गरिए पनि यसको प्रभावकारी कार्यान्वयन गर्न राज्य जिम्मेवार नभएको अध्यक्ष शर्माले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अपाङ्गता भएका व्यक्ती
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।