Logo

२०८३, कार्तिक २६गते


images
images

किसान सहकारीको एकाई नं. १ को २७ औं साधारण सभा सम्पन्न

किसान सहकारीको एकाई नं. १ को २७ औं साधारण सभा सम्पन्न

images
  • किसान सहकारीको एकाई नं. १ को २७ औं साधारण सभा सम्पन्न
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । किसान साकोसको बिजयनगर, हिमचुली, सम्बृद्धि भरतपुर, सप्तरंगी, सौहाद, सहज, सप्तगण्डकी र नारायणगढ सेवा केन्द्र अन्तर्गतको एकाई नंं. १ को साधारण सभा संस्थाका अध्यक्ष श्रीहरि चालिसेको सभाध्यक्षमा सम्पन्न भएको हो ।

    images
    images
    images

    संस्थाका सचिव स्व. अनिल सापकोटा र प्रमुख कार्यकारी अधिकृत स्व. गणेश शर्मा पौडेल प्रति श्रद्धाञ्जली दिएर सुरू गरिएको २७ औं साधारण सभामा सहसचिव सरस्वती कँडेलले आर्थिक वर्ष २०७८/७९ को प्रगति प्रतिवेदन प्रस्तुत गरेकि थिईन । 
    कँडेलले चालु आर्थिक वर्षमा संस्थाको नीति तथा कार्यक्रमहरुको वारेमा सभामा जानकारी गराएका थिए ।

    images
    images
    images

    सभामा संस्थाका सदस्य राजेन्द्र गौतमले आर्थिक वर्ष २०७८/७९ को आर्थिक प्रतिवेदन एवं २०७९/८० को प्रस्तावित लक्ष्य तथा बजेट प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा चालु आर्थिक वर्षको कुल सम्पती ३ अर्ब ४४ करोड ७९ लाख ५६ हजार ८ सय ४९ रुपैयाँ रहेको व्यहोरा जानकारी गराउँदै संस्थाले अन्य वित्तीय प्रतिवेदनका बारेमा जानकारी गराएका थिए ।

    images
    images

    यसैगरी संस्थाका निर्वतमान अध्यक्ष एवं सञ्चालक सदस्य गोपाल प्रसाद गौतमले संस्थाको वर्तमान संस्थागत अवस्था, निर्वाचन कार्यतालिका लगायत हाल देखिएको आर्थिक संकुचनका बारेमा प्रष्ट पारेका थिए ।

    साधारण सभामा लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन समितिका संयोजक चिन्तामणी कँडेलले प्रस्तुत गरेका थिए ।

    साधारण सभामा संस्थाका अध्यक्ष श्रीहरी चालिसेले किसानको शान एकिकृत सहकारी सेवाको अभियान भन्ने अभिप्रायका साथ स्थानिय स्तरमा रहेका २४ वटा सहकारी संस्थाहरुलाई एकिकरण गरि सहकारी अभियानलाई नै मार्गदर्शक रूपमा चिनाउन संस्था सफल भएका बताए । किसान साकोसले ३ प्रदेशका ४ वटा जिल्लाहरुमा ८२ हजार सेयर सदस्यमार्फत करिब ४ अर्ब पूँजी परिचान गर्न सफल भएको बताए ।

    यसै बीच संस्थाका ८ वटा सेवा केन्द्रका उत्कृष्ट कारोबार कर्ता, उत्कृष्ट बाल बचत कर्ता र उत्कृष्ट महिला समुहलाई पुरस्कार वितरण तथा सम्मान गरिएको थियो ।

    एकाइ नंं १ को साधारण सभाले ८ वटा विविध प्रस्ताव उपर बृहत छलफल गरी उक्त प्रस्ताव सर्वसम्मत पारित गरेको छ । एकाई नं. १ को माइन्यूट प्रमाणीतका लागी २० जना प्रतिनिधि र २४ गते सम्पन्न हुने माइन्यूट प्रमाणीत कार्यक्रममा १९ जना प्रतिनिधिको नामावली संकलन गर्दे कार्यक्रम सम्पन्न गरिएको थियो ।

    किसान साकोसले एकाई २ को मंसिर १६ गते डण्डाबजारमा र १७ गते एकाई ३ को देवचुली-१७ फारममा साधारण सभा गर्ने जनाएको छ ।

    साधारण सभामा उपाध्यक्ष भोजराज पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन सहसचिव सरस्वती कँडेलले गरेकी थिईन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # किसान सहकारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।