Logo

२०८३, कार्तिक २६गते


images
images

ईयूको प्राविधिक टोली पुनः नेपाल आउने, नेपालको हवाई सुरक्षाबारे स्थलगत अध्ययन गर्ने  

ईयूको प्राविधिक टोली पुनः नेपाल आउने, नेपालको हवाई सुरक्षाबारे स्थलगत अध्ययन गर्ने  

images
  • ईयूको प्राविधिक टोली पुनः नेपाल आउने, नेपालको हवाई सुरक्षाबारे स्थलगत अध्ययन गर्ने  
    images

    राजेश  पराजुली, पोखरा । नेपाली वायुसेवालाई एभिएसन सेफ्टी लिस्ट (सुरक्षा सूची)मा राख्दै आएको युरोपेली सङ्घ (ईयू)को प्राविधिक टोली पुनः नेपाल आउने भएको छ । ईयूले पछिल्लो पटक सार्वजनिक गरेको सुरक्षा सूचीमा नेपाललाई निरन्तरता दिएको ईयूमातहतको एभिएसन सेफ्टी एजेन्सी (आयसा)ले स्थलगत परीक्षणका लागि अर्को टोली नेपाल पठाउन लागेको हो ।

    images
    images
    images

    नेपालको उड्डयन क्षेत्रको स्थलगत अध्ययन गर्न ईयूको ‘टेक्निकल को–अपरेसन टिम’ यसअघि असोज २० गते नेपाल आएको थियो । स्थलगत अध्ययनमा आएको उक्त टोलीले लेजिस्लेसन, अर्गनाइजेसन, पर्सनल लाइसेन्सिङ, फ्लाइट अपरेसन, एयर वर्थनेसन, एक्सिडेन्ट इन्भेस्टिगेसन, एयर नेभिगेसन सर्भिस, एरोड्रोम एन्ड ग्राउन्ड एड्सलगायत आठ क्षेत्रको अध्ययन गरेर फर्किएको थियो ।

    images
    images
    images

    स्थलगत मूल्याङ्कन भ्रमणका लागि पुनः दुई महिनाभित्र ईयूको टोली नेपाल आउन लागेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

    images
    images

    प्राधिकरणले संशोधन गरेको नयाँ नियमावली कार्यान्वयनको अवस्था तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार नेपालको वर्तमान उडान सम्परीक्षण क्षमताको मूल्याङ्कन अब हुने ईयूको टोलीको भ्रमणपछि अद्यावधिक गरिने उनले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।