Logo

२०८३, श्रावण २७गते


images
images

रूपन्देही क्षेत्र नं. १ का यी विजेता, कस्ले कति मत ल्याए ?

रूपन्देही क्षेत्र नं. १ का यी विजेता, कस्ले कति मत ल्याए ?

images
  • रूपन्देही क्षेत्र नं. १ का यी विजेता, कस्ले कति मत ल्याए ?
    images
    images

    देवदह । प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन रूपन्देही क्षेत्र नं. १ को अन्तिम मतपरिणाम सार्वजनिक भएकोछ । प्राप्त नतिजा अनुसार यस क्षेत्रमा मिश्रीत नतिजा आएको छ । प्रतिनिधि सभामा नेकपा एमालेका केन्द्रिय सचिव छविलाल विश्वकर्मा निर्वाचित भएका छन् भने प्रदेशसभा अन्तर्गत १(१) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता आशिष चौधरी र १(२) मा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अब्दुल रज्जाक विजयी भएका छन् ।

    प्रतिनिधि सभामा छविलाल विश्वकर्माले २३ हजार ४ सय २४ मत ल्याएर विजयी हुँदा निकटम प्रतिस्पर्धी घनश्याम भुसालले २० हजार १ सय २५ प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टिका धनिराम चौधरीले १३ हजार ६ सय ९३ प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका नरेश बहादुर पछाईले १३ हजार २ सय २८ मत प्राप्त गरेका छन् ।

    जीतसंगै नेता विश्वकर्माको यस क्षेत्रबाट प्रतिनिधि सभामा दोस्रो कार्यकाल सुरु भएको छ । यसअघि २०७४ सालमा एमाले-माओवादी गठबन्धनबाट निर्वाचन जित्न सफल विश्वकर्माले यसपटक एमाले, राप्रपा र जसपाको गठबन्धनबाट निर्वाचन जित्न सफल भएका हुन् ।


    रूपन्देही १(१) मा राप्रपाका युवा नेता चौधरीको जीत

    रुपन्देही १ (१) मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का आशिष चौधरी निर्वाचित भएका छन्। चौधरीले १७ हजार ७४७ मत प्राप्त गरि विजयी भएका हुन्।

    नेकपा एमालेको समेत समर्थन रहेको चौधरीले नेपाली काङ्ग्रेसका विश्वनाथ यादवलाई ३ हजार १ सय मत अन्तरले पराजित गर्दै प्रदेश सभा सदस्य पदमा विजयी भए उपविजेता यादवले १४ हजार ६४७ मत प्राप्त गरेका छन्।

    निर्वाचन अवधिभर अत्यन्तै कम बोलेका, प्रतिस्पर्धीलाई प्रत्यक्ष वा सांकेतिक रूपमा पनि कुनै आक्षेप नलगाएका युवा नेता चौधरीको जीतले चर्को भाषण र सयौं आश्वासन विना पनि निर्वाचन जित्न सकिन्छ भन्ने कुराको पुष्टि गरेको छ ।

    रुपन्देही १ प्रदेश १ मा ४९ हजार १४६ मत खसेको थियो


    रुपन्देही १(२) मा कांग्रेस नेता अब्दुल रज्जाक विजयी

    रुपन्देही क्षेत्र नम्बर १ (२)  मा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अब्दुल रज्जाक  विजयी  भएका छन् । उनले नेकपा एमालेका पोलिटब्युरो सदस्य र लुम्बिनी प्रदेश सह-इन्चार्ज समेत रहेका दधिराम न्यौपानेलाई पराजित गरेका हुन् । 

    निर्वाचन अधिकृतको कार्यालयका अनुसार रज्जाकले १३ हजार १२१ मत प्राप्त गरेका छन् भने न्यौपानेले  ११ हजार २९५ मत प्राप्त गरेका छन् । उनीहरूले प्राप्त गरेको मतको अन्तर ८२९ रहेकोछ । 

    यसअघि दोस्रो संविधान सभामा यसै क्षेत्रबाट निर्वाचित भएर संविधानमा  हस्ताक्षर गरेका नेता रज्जाक यस क्षेत्रका विकासवादी नेताको रूपमा चिनिन्छन । कम बोल्ने र मिजासिला स्वभावका रज्जाकलाई लुम्बिनी प्रदेशको भावी मुख्यमन्त्रीको दावेदारको रूपमा समेत हेरिएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।