राजेश पराजुली,पोखरा । कास्की २ प्रदेश सभा ‘ख’मा नेपाली कांग्रेसका बिन्दुकमार थापा विजयी भएका छन् ।उनले नेकपा एमालेकी मीना गुरूङलाई एकहजार ३०९ मतान्तरले पराजित गरेका हुन् ।
गण्डकीका कानुनमन्त्रीसमेत रहेका थापाले ९ हजार २८० मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी गुरुङले ७ हजार ९७१ मत पाइन् । थापा अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
उक्त चुनावमा नेपाली कांग्रेसबाट कास्कीमा प्रत्यक्ष जित्ने उनी एक्लै बनेका थिए ।त्यतिबेला बाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी राजकाजी गुरुङलाई पराजित गर्दै संसदीय यात्रा सुरु गरेका थापाले यसपटक माओवादीसहितको गठबन्धनको साथ लिएर दोस्रो पटक प्रदेश सभा यात्रा तय गरेका हुन् ।
कास्की २ कतर्फ भने नेकपा एमालेका भीम कार्की विजयी भइसकेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology