सैनामैना । लुम्बिनी प्रदेश सभा सदस्य पदमा निकटतम प्रतिद्वन्दी भएर पराजित भएका विनोद पहाडीले विजेता भुमिश्वर ढकाललाई भेटेरै बधाई दिएका छन् । बुधबार दिउँसो अन्तिम परिणाम आएपछि पहाडीले ढकाललाई मतगणना स्थलमै पुगेर बधाई दिएका हुन् ।
रूपन्देही क्षेत्र नं. ५ को प्रदेशसभा १ मा ढकाल र पहाडीबीच प्रतिस्पर्धा भएको थियो । अन्तिम नतिजा अनुसार १९ हजार ७८ मत ल्याएर ढकालले निर्वाचनमा जीत हासिल गरेका छन् भने पहाडीले ११ हजार ६८ मत ल्याएर पराजित भएका छन् ।
निर्वाचनमा पराजय भोगेपछि लामो समय संचारकर्मी समेत रहेका पहाडीले आफ्नो लडाइँ विधिको शासनको लागि भएको र आफुले लोकतान्त्रिक प्रक्रियामा विधिकै लागि निर्वाचनमा सहभागी भएको प्रतिक्रिया दिए । विजेता ढकाललाई बधाई दिँदै पहाडीले आफुले प्राप्त गरेको ११ हजार बढी मत लगायत सबै उम्मेदवारले प्राप्त गरेको मतको सम्मान गर्दै साझा र जिम्मेवार सांसदको भुमिका निभाउन अनुरोध गरेका छन् ।
सेतोमसीसंग कुरा गर्दै पहाडीले निर्वाचनको हारजितले आफ्नो सामाजिक-राजनीति अभियानमा ब्रेक नलाग्ने बरू झन् प्रतिबद्ध र जिम्मेवार भएर जनअधिकार प्राप्तिको पक्षमा लड्ने अठोट गरेको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology