Logo

२०८३, कार्तिक २६गते


images
images

स्याङ्जामा विद्युत सर्ट भई घरमा आगलागी हुदाँ २० लाख बराबरको क्षति

स्याङ्जामा विद्युत सर्ट भई घरमा आगलागी हुदाँ २० लाख बराबरको क्षति

images
  • स्याङ्जामा विद्युत सर्ट भई घरमा आगलागी हुदाँ २० लाख बराबरको क्षति
    images

    राजेश पराजुली,गण्डकी प्रदेश । स्याङ्जाको वालिङ नगरपालिका वडा नं १ खहरेस्थित स्थानीय मीनबहादुर हिताङको घरमा मंगलबार बिहान विद्युत सर्ट भई आगलागी भएको छ । आगलागीमा लाँखौ रुपैयाँ बराबरको क्षति भएको छ ।

    images
    images
    images

    आगलागीमा परि तीन जना घाइते भएका छन् । घाइते हुनेमा २८ वर्षीया सुनिता हिताङ, छोरीद्वय ७ वर्षीया आशिमा हिताङ र १८ महिनाकी छोरी यमरोजिया हिताङ छन् ।

    images
    images
    images

    घाइते तीनै जनाको वालिङस्थित गहै घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
    आगलागी हुँदा नगद, लत्ताकपडा, फर्निचर, सुनका गहना लगायतको सामान जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार आगलागीमा करिब २० लाख बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वालिङ नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।