Logo

२०८३, कार्तिक २६गते


images
images

जुम्लामा निर्वाचन सामाग्री बोकेको जीप दुर्घटना हुँदा छ जना घाइते

जुम्लामा निर्वाचन सामाग्री बोकेको जीप दुर्घटना हुँदा छ जना घाइते

images
  • जुम्लामा निर्वाचन सामाग्री बोकेको जीप दुर्घटना हुँदा छ जना घाइते
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । जुम्लामा निर्वाचन सामाग्री बोकेको जीप दुर्घटना हुँदा छ जना घाइते भएका छन् । बिहीबार जिल्लाको खलङ्गादेखि तातोपानी ८ स्थित जन जागृति माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रतर्फ जाँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा मतदान अधिकृतसहित ६ जना घाइते भएका हुन् ।

    images
    images
    images

    भे १ च २१८८ नम्बरको जीप तातोपानी ४ रावतबाडामा अचानक अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    दुर्घटनामा मतदान अधिकृत हरिप्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदीप्रसाद न्यौपाने, नेपाल प्रहरीका सई सीताराम दराई, सहायक हवलदार सुरज चन्द, प्रहरी जवान राजेन्द्र विष्ट र एकजना कार्यालय सहयोगी रहेको प्रहरीले जनाएको छ ।

    images
    images

    घाइतेमध्ये प्रहरी हवल्दार चन्द र प्रहरी जवान विष्ट गम्भीर घाइते भएको प्रहरी निरीक्षक धर्मराज जोशीको भनाई छ । 

    घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।