Logo

२०८३, आश्विन ९गते


images
images

सगरमाथा कलेजद्वारा विद्यार्थी स्वागत कार्यक्रम सम्पन्न

सगरमाथा कलेजद्वारा विद्यार्थी स्वागत कार्यक्रम सम्पन्न

images
  • सगरमाथा कलेजद्वारा विद्यार्थी स्वागत कार्यक्रम सम्पन्न
    images
    images

    राहुल देव सापकोटा, देवदह । देवदह नगरपालिका वडा नं ७ मा अवस्थित सगरमाथा  क्याम्पसले विद्यार्थी स्वागत कार्यक्रम सम्पन्न गरेको छ । कक्षा १२ का विद्यार्थीले नवआगन्तुक कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेका हुन् । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम कलेज व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम सापकोटाले सगरमाथा कलेज बहुप्रतिभाको कलेज रहेको उल्लेख गर्दै विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्न यस क्षेत्र कै नमुना कलेज भएको बताए ।

    images
    images
    images

    सोही क्रममा बोल्दै कलेजका प्राचार्य कृष्ण प्रसाद पौडेलले विद्यार्थीमा किताबी अध्ययन मात्र नभएर व्यवहारिक अध्ययन पनि हुन आवश्यक रहेको र ती कुराहरु विद्यार्थीले सगरमाथा कलेजबाट प्राप्त गर्ने दावी गरे ।

    images
    images
    images

    कार्यक्रममा कलेज संचालक समिति सदस्य डिल्लीराज मरासिनी, सहायक प्राचार्य प्रदिप अधिकारी, देवदह बोर्डिङका प्राचार्य विष्णुप्रसाद पौडेल, कक्षा १२ कि विद्यार्थी सन्तोषी सापकोटा लगायतले बोलेका थिए ।

    कार्यक्रम कक्षा १२ कि विद्यार्थी भावना क्षेत्रीको अध्यक्षता तथा कक्षा १२ मा अध्यनरत विद्यार्थीहरु सृष्टि बिश्वकर्मा र तुल बहादुर श्रीसको संचालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।