Logo

२०८३, आश्विन ११गते


images
images

रूपन्देही-२ मा लौरो अभियानको समर्थन गठबन्धनलाई

रूपन्देही-२ मा लौरो अभियानको समर्थन गठबन्धनलाई

images
  • रूपन्देही-२ मा लौरो अभियानको समर्थन गठबन्धनलाई
    images
    images

    बुटवल । रूपन्देही २ मा हाम्रो नेपाली पार्टी (लौरो अभियान)ले सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गरेको छ ।  सो पार्टीका महामन्त्री तुल्सीराम भुसालले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लौरो अभियानको समर्थन गठबन्धनका उम्मेदवारहरू प्रतिनिधि सभा सदस्यका उम्मेदवार केशव बहादुर थापा, प्रदेश सभा सदस्यका उम्मेद्वार दीर्घबहादुर केसी कुमार र वामदेव क्षेत्रीलाई रहने बताए । 

    images
    images
    images

    उनले रूपन्देही २ मा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ घर चिन्हमा, २ (१) तर्फ रूख चिन्हमा र २(२) तर्फ हसिया हथौडामा भोट दिने र अभियानको पूर्ण समर्थन रहेको बताए बताएका हुन् । 

    images
    images
    images

    "एमालेका उम्मेदवार विष्णु पौडेलले हाम्रा उम्मेद्वार निकोलस (कमल) भुसालको राजनीतिक भ्रुण हत्या गरे, निकोलस भुसाललाई न्याय दिन पनि विष्णु पौडेललाई हराउनुपर्छ, उनले भने, "युवाहरू एकजुट भएर रूपन्देही २ मा गठबन्धनका साथमा छन् ।"

    images
    images
    images

    रूपन्देही २ मा उम्मेदवारी दिएका निकोलस भुसालको उम्मेदवारी राज्यको सुविधा लिएको भन्दै उजुरी परेपछि निर्वाचन कार्यालयले उम्मेदवारी खारेज गरेको थियो । उम्मेदवारी खारेजपछि भुसाल सर्वोच्च अदालत गएपनि अदालतले निर्वाचन कार्यालयको निर्णय सदर गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।