देवदह । रुपन्देही १(१) बाट प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएका बिश्वनाथ यादवले आफू निर्वाचित भएपछि सबैभन्दा पहिला सुकुम्बासी समस्या समाधानलाई प्राथमिकता दिने बताएका छन् ।
मंगलबार मतदातासङ्ग कुरा गर्दै नेता यादवले आफ्नो क्षेत्रमा सुकुम्बासी समस्या मुख्य समस्याको रुपमा रहेको बताउदै प्रदेश सभा सदस्यमा निर्वाचित हुन साथ सुकुम्बासी समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।
यसअघि गठबन्धनको सरकारले 'भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलन गरिसकेको र बाँकी रहेका कामलाई आफू निर्वाचित भएर गएपछि निरन्तरता दिने यादवले मतदाता सङ्ग प्रतिबद्धता जनाए।
घरदैलो अभियान अन्तर्गत आज ओमसतियाको १,३ र ४ वडामा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको संयुक्त निर्वाचन परिचालन कमिटीका संयोजक हिरा बहादुर खत्रीले बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology