Logo

२०८३, कार्तिक २७गते


images
images

बुटवलको टक्सार कम्प्लेक्समा खुल्यो क्यानभास युनिसेक्स सैलुन

बुटवलको टक्सार कम्प्लेक्समा खुल्यो क्यानभास युनिसेक्स सैलुन

images
  • बुटवलको टक्सार कम्प्लेक्समा खुल्यो क्यानभास युनिसेक्स सैलुन
    images

    रुपन्देही । रुपन्देहीको बुटवल अमरपथस्थित टक्सार कम्पलेक्समा क्यानभास युनिसेक्स सैलुन तथा एकेडेमी संचालनमा आएको छ । बिगत लामो समयदेखी यस क्षेत्रमा रहेर व्यवसायीक रुपमा सैलुन व्यवसाय संचालन गर्दै आएकी ब्रिटिना गिरीले सैलुन तथा एकेडेमी संचालनमा ल्याएकी हुन । 
       

    images
    images
    images

    बुटवलको अमरपथ स्थित  उपमहागनर स्थित टक्सार कप्लेक्सको तेस्रो तलामा सैलुन तथा एकेडेमीको एक समारोहका बिच विधिवत रुपमा शुभारम्भ गरिएको छ । बुटवल लगायत आसपासका क्षेत्रमा पछिल्लो समय हेयर स्टाइल, स्कीन सुरक्षा, मेकअप लगायत श्रृङ्गारको क्षेत्रमा फरक पहिचान स्थापनका लागी सैलुनको स्थापना गरिएको सैलुन तथा एकेडेमीका संचालक ब्रिटिना गिरीले बताईन । 

    images
    images
    images

    पछिल्ला समय हेयर तथा स्किन सुरक्षा तर्फ आम मानिस सचेत भएको अवस्थामा आफुले पनि थप व्यवस्थापन सहित सैलुन तथा एकेडेमी संचालनमा ल्याएको उनको भनाई छ । 

    images
    images

     क्यानभास सैलुनले शुभारम्भको अवसरमा सेवाग्राहीलाई विभिन्न छुट सुविधा सहित विभिन्न प्याकेजहरु संचालनमा ल्याएको छ । सैलुनले प्रिमियम प्याकेज र स्टयान्र्डड प्याकेज अन्र्तगत विभिन्न हेयर स्टाइल, हेयर कट, मेकअप, स्किन केयर, नेल आर्ट लगायका सुविधाहरु सहुलियत रुपमा प्रदान गर्ने गरी प्याकेज समेत संचालन गरिएको उनले बताईन । लामो सयम यस क्षेत्रमा काम गरेका दक्ष, अनुभवी नौ जना मेकअप आर्टिस्टहरुले सेवा प्रदान गर्ने छन् । 
          
    अमरपथको टक्सार कम्पलेक्समा झण्डै एक करोडको लगानीमा संचालनमा आएको सैलुनमा विभिन्न अन्तराष्ट्रिय ब्रान्डका स्तरीय सामाग्रीहरुको माध्यमबाट सेवा प्रदान गरिने उनले बताईन । यस अघि पनि बुटवलमा आफुले सैलुन व्यवसाय नै संचालन गर्दै आएकोमा पछिल्लो समय बजारको अवस्था, माग र हेयर, स्किन, नेल तथा मेकअप सम्बन्धीको क्रेजलाई मध्यनजर गर्दै सैलुनलाई थप परिमार्जन र व्यस्थित गर्र्दै नयाँ योजनाका साथ संचालनमा ल्याएको उनको भनाई छ । 
        
    क्यानभास यु्निसेक्स सैलुन मात्र नभइ एकेडेमीको रुपमा पनि स्थापना गर्दै अगाडी बढ्ने योजना उनको रहेको छ । उनी भन्छिन “ पछिल्ला समय हेयर सैलुन व्यवसाय तर्फ पनि युवाको आर्कषण बढ्दो रहेको छ । साथै बजारमा दक्ष कामदारको अभाव पनि छ यसकारण पनि हामीले सैलुन सँगै यस क्षेत्रमा दक्ष जनशक्ति उत्दापन गर्ने लक्ष्यका साथ एकेडेमी पनि संचालनमा ल्यााएका हौ ” ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।