देवदह । चापाकल चिन्ह लिएर रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधी सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार बनेका अधिवक्ता टिकाराम चापागाईंले आफुलाई एकपटक विश्वास गरेर मतदान गर्न जनतालाई आग्रह गरेका छ्न् ।
रुपन्देही क्षेत्र नं १ तिलोत्तको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै चापागाईंले भने 'अरुलाई पटक पटक विश्वास गरेर मत दिएर मन्त्री, संसद बनाउनु भयो यस पटक मलाई विश्वास गरेर मत दिनुस् म सधै भरी जनताकै सेवा गर्ने छु।' उनले यसै क्षेत्रबाट चुनावी जितेर पटक पटक मन्त्री भएपनि जनता समस्य जस्ताको त्यस्तै भएको बताए ।
चापागाईं यतिबेला घर दैलोमा ब्यस्त छ्न् । टिकाराम जिताऔँ अभियानका संयोजक माधव अर्यालले जनताको अगाडी चुनावी अभियानमा जादा राम्रो प्रतिक्रिया पाएको बताए । उनले भने 'दलप्रती जनता रुष्ट छ्न् अब विकल्प स्वतन्त्र हो हाम्रो जीत निश्चित छ।'
टिकाराम चापागाइ रुपन्देही क्षेत्र नम्वर १ का प्रतिनिधी सभा चापाकल चिन्हका स्वतन्त्र उम्मेदवार हुन । उनीसंगै एमाले नेतृत्वको विपक्ष गठबन्धनका छविलाल बिश्वकर्मा र सत्ता गठबन्धनका घनश्याम भुसाल चुनावी मैदानमा छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology