देवदह । रुपन्देही क्षेत्र नं १ (क) का सत्तारूढ गठबन्धनबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार बिश्वनाथ यादवले आफ्नो पहिलो प्राथमिकता बृद्ध आमाबुवा रहेको बताएका छन ।
सोमबार देवदह -५ मा घरदैलो गर्दै उनले आम मतदाता र समाजका अग्रजहरुको सम्मान हुनसके मात्रै इतिहासको अस्तित्व रहिरहने बताए।
भ्रष्टाचारले दुर्गन्धित बनेको देश र अपहेलनाले रोइरहेका बुवा आमाको आँसु पुछ्दै समाजको एक सच्चा प्रतिनिधि भएर नेतृत्व लिने जमर्को गरेको उनको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology