Logo

२०८३, श्रावण २७गते


images
images

आजको राशिफल

जेठ १० गते सोमबार, श्री भोलेनाथको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

जेठ १० गते सोमबार, श्री भोलेनाथको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

images
  • सेतोमसी सहकर्मी
  • जेठ १० गते सोमबार, श्री भोलेनाथको दर्शन गरी आजको राशिफल हेर्नुहोस 
    images
    images

    ज्यो. पं युवराज अधिकारी । आज मिति २०७८ जेठ १० गते सोमबार । तदनुसार २४ मे २०२१ । श्री भोलेनाथको दर्शन गरी आजको पञ्चाङ्ग र राशिफल हेर्नुहोस ।

    images
    images
    images

    आजको पञ्चाङ्ग:

    images
    images
    images

    वि.सं. जेठ १०, २०७८ । ई.सं. 24 May, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४१ बछलाथ्व । उत्तरायण । ग्रीष्म । सोमवार । वैशाख शुक्लपक्ष । तिथि - त्रयोदशी , २२:२० बजे उप्रान्त चतुर्दशी । नक्षत्र - चित्रा , ७:३९ बजे उप्रान्त स्वाती । योग - व्यतीपात , ९:३३ बजे उप्रान्त वरियान् । करण - कौलव ११:३० बजेदेखि तैतिल , २२:२० बजे उप्रान्त भद्रा । चन्द्रराशि - तुला । आनन्दादि योग - मुद्गर । दिनमान ३४ घडी ०२ पला । सूर्योदय ५:१३ । सूर्यास्त १८:५० । सोमप्रदोषव्रत । 

    आजको राशिफल 

    images
    images
    images

    मेष - ARIES (चु, चे, चो, ला, ली, लु, ले, लो, अ) 
    यात्राबाट फाईदा हुनेछ । मान सम्मान मिल्नेछ । प्रेमी प्रेमीकाबाट पूर्ण सहयोग मिल्नेछ । धनलाभ हुने दिन छ । यात्रा तथा सवारी साधनबाट फाईदा हुनेछ । मीठो कुरा खानपाईने दिन रहेको छ । मित्रबाट पूर्ण सहयोग मिल्नेछ । स्वास्थ्य राम्रो रहनेछ । अध्ययनको लागि आजको दिन फलदायी रहनेछ ।

    वृष - TAURUS (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)  
    यात्रा हुने दिन रहेको छ । व्यवसायबाट फाईदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । धन तथा यश प्राप्त हुनेछ । शत्रु सरास्त हुनेछन् । विपरीत लिङ्गसंगको कुराकानिले मन साह्रै प्रसन्न हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । श्री वृद्धि तथा ख्यातिको प्राप्ति हुनेछ । अध्ययनमा त्यति रुचि जाग्ने छैन ।

    मिथुन - GEMINI (का, की, कु, घ, ङ, छ, के, को, हा)  
    काम विग्रने खालको समय रहेको छ । यात्रा फलदायी हुनेछैन । मन अशान्त भई रहनेछ । वायु विकारले शरीरका विविध अंगमा पीडा हुनेछ । व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् । आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् । विद्यार्थीका लागि भने अध्ययनमा सफलता मिल्नेछ ।

    कर्कट - CANCER (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
    काममा बाधा, शत्रुको भय हुनेछ । स्वास्थ्यमा समस्या देखिएला । परिवारका सदस्यहरुसंग झगडा हुने योग छ । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउनेछ । पानी बाट हानीहुने दिन रहेको छ । चोट पटकको संभावना रहेको छ । पढाइमा मन जानेछैन । शरीरमा आलस्यता उत्पन्न हुनेछ ।

    सिंह - LEO (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
    कार्य सफल हुनेछ । आज यात्राको योग रहेको छ । धन आर्जनगर्ने अवसर मिल्नेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । धैर्यताले कार्य सफल हुनेछ । साथिहरु पूर्ण सहयोग मिल्नेछ । प्रेममा सफलता मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । नोकरी, व्यवसाय र अध्ययनको मार्ग शुभ रहेका छन् । 

    कन्या - VIRGO (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)  
    मनले चिताएका कामहरु पुरा हुने छैनन् । मानसिक तथा शारिरीक समस्या आउनेछ । कुभोजनका कारणले स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने देखिन्छ । आँखामा समस्या आउन सक्नेछ । अनावश्यक रुपमा धनक्षय हुनेछ । परिवारमा खट्पट हुनेछ । आफन्त नै शत्रु वन्नेछन् ।

    तुला - LIBRA (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
    स्वास्थ्य राम्रो रहनेछ । मनमा शुखको अनुभुति हुनेछ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । गरेका काममा सफलता मिल्नेछ । पढाइमा राम्रो सफलता मिल्नेछ । स्वादिष्ट भोजन खान पाईने तथा उपहार प्राप्तहुने योग रहेको छ ।

    वृश्चिक - SCORPIO (तो, ना, नी, नू, ने, नो, या, यी, यू)  
    मानसिक तथा शारीरिक समस्याले सताउनेछ । धनक्षय हुने दिन रहेको छ । बहुमुल्य सामान हराउन सक्नेछ । परिवारमा वेमेलको स्थिति आउनेछ । कुराकाट्नेहरु धेरै हुनेछन् । नैराश्यता उत्पन्न हुनेछ । अध्ययनमा रुचि घट्नेछ । शत्रुपक्ष वलवान हुनेछन ।

    धनु - SAGITTARIUS (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
    धनलाभ हुने दिन रहेको छ । आर्थिक उन्नति प्रगति हुने दिन रहेको छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । शत्रु पराजित हुनेछन् । कीर्ति वढनेछ । मीष्ठान्न भोजन तथा स्वर्णादि वस्तुको लाभ हुने दिन रहेको छ ।

    मकर - CAPRICORN (भो, जा, जी, खी, खु, खे, खो, गा, गी) 
    धन प्राप्तिको योग छ । मनमा सुख तथा सन्तोष रहनेछ । आँटेका कामहरु पुरा हुनेछन् । आज कुनै नयाँ कामको थालनि हुनेछ । मित्रहरुबाट सहयोग मिल्नेछ । शत्रु पराजित हुनेछन् । यात्रा हुनसक्ने दिन रहेको छ । मनमा अहंकार वढनाले दुराचारको भावना जाग्रित हुनेछ ।

    कुम्भ - AQUARIUS (गू, गे, गो, सा, सी, सु, से, सो, दा)
    आज रमाइलो यात्रा हुने दिन रहेको छ । पराक्रम बढनेछ । उत्तम वस्त्र प्राप्त हुनेछ । परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । सरकारी काममा सफलता मिल्नेछ । यात्रा सफल हुनेछ । व्यापार व्यवसायमा राम्रो फइदाहुने दिन रहेको छ । विद्यार्थीहरुका लागि आजको दिन फलदायी रहनेछ । चोट पटकको संभावना भने रहनेछ ।

    मीन - PISCES (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)  
    मानसिक भयले सताउनेछ । स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ । अनावश्यक रुपमा वादविवाद तथा झगडा हुन सक्नेछ । मन साह्रै चिन्तित रहला । जिवजन्तुको भय हुनेछ । वायुविकार तथा पेटजन्य समस्या आउनेछ । पापकर्ममा मन जानेछ । नोकरी तथा व्यापारमा समस्या आउनेछ ।

    नोट : ज्योतिष परामर्शको लागि कालिकादेवी ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्रमा सम्पर्क गर्नुहोस् ।
    सम्पर्क :- ९८४३२०८४८२ / ९८६७३८८३०२ 
    (प्रत्यक्ष परामर्शको लागि बिहान ६ बजे बाट ११ बजे सम्म । साथै अनलाइन तथा फोनबाट पनि स:शुल्क सेवा उपलब्ध रहेको छ ।)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।