कृष्ण अन्जान, गुल्मी । शुक्रवार बिहानैदेखि रुरुधामक्षेत्रमा चहल पहल शुरुभयो । र, यो निरन्तरता शनिवार साँझ सम्म चल्यो ।हरिबोधनि एकादशी र द्वादशी रुरुधाममा रहेको ऋषिकेश भगवानको जात्रा लाग्ने दिन हो ।
हरिबोधिनी एकादशीका दिन पवित्र कालीगण्डकी स्नान र हृषिकेश लगाएतका मठमन्दिर हरुमा दर्शन गर्ने दर्शनार्थी हरुको ओईरो लाग्छ ।
सोहि दिन गुल्मी तर्फबाट बाजागाजा सहित फुलपाती पाल्पा तर्फ रहेको ऋषिकेश मन्दिरमा लाने गरिन्छ ।
द्वाउशीको दिन हृषिकेश भगवानको मुर्ति सहितको रथ बाजागाजा भजन किर्तन सहित रिडीबजार र अर्गली क्षेत्रमा डुलाउने चलन छ ।
पाल्पाली राज मणिमुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्न लाग्दा गण्डकी नदी भित्र मुर्ति फेला परेको ऐतिहासिक प्रमाण रहेको छ ।
बिक्रम सम्बत १८१९ मा रणदल पाण्डेले कमलको आकार भएको मन्दिर बनाई गजुर चढाएको शिलालेखमा उल्लेख छ ।
हृषिकेश भगवानको जात्रा बिक्रम सम्बत १९४५ बाट शुरु भएको र यो जात्राले १ सय २४ वर्ष पूरा गरेको तानसेन नगरपालिका वडा न १४ का वडाध्यक्ष शोभाखर भट्टराईले बताए ।
यहि हृषिकेश मन्दिरमा नियमित पुजा चलेको छ । अर्गलीका भट्टराई परिवारले पालैसँग पुजारीको काम गर्दै आएका छन ।
मुख्य रुपमा भक्तजनले दिएको अक्षयकोषको ब्याज, भगवान हृषिकेशको गुठि खेतको आम्दानीनेपाल सरकार गुठी सँस्थान बाट प्राप्त हुने वार्षिक अनुदान, स्थानीय तह र अन्य सँघ सँस्थाबाट प्राप्त हुने सहयोगले हृषिकेश रथयात्रा सन्चालन भईरहेको छ ।
मन्दिर व्यवस्थापनका लागि बिक्रम सम्वत २०५६ सालदेखि गुठी सँस्थानले हृषिकेश मन्दिर व्यवस्थापन समिति गठन गरेको छ र मन्दिरको भौतिक निर्माण देखि अन्यकाम हरु समितिले गरेको व्यवस्थापन समितिका अध्यक्ष फर्सुराम भट्टराईले जानकारी दिए ।
कोभिडका कारण विगत दुईवर्ष हृषिकेश रथयात्रा प्रभावित भएपनि यो वर्ष भने हर्षोल्लासका साथ रथयात्रा गरिएको छ ।
गुल्मी, स्याङ्जा र पाल्पाका आमा समूह, भजन टोलिका भजनसँगै नाच गान भक्तजन ,स्थानीय बोर्डिँग स्कुलको ब्याण्ड सहित बिध्यार्थी हरुको सगभागितामा रथयात्रा निकालिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology