Logo

२०८३, कार्तिक २६गते


images
images

नेपाली युवा उद्यमी मञ्चको पोखरा-लोमान्थाङ मोटर र्‍याली  

नेपाली युवा उद्यमी मञ्चको पोखरा-लोमान्थाङ मोटर र्‍याली  

images
  • नेपाली युवा उद्यमी मञ्चको पोखरा-लोमान्थाङ मोटर र्‍याली  
    images

    राजेश पराजुली, पोखरा । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) ले पोखरा–लोमान्थाङ मार्गमा  मोटर र्‍याली आयोजना गरेको छ । कास्कीको  पोखरादेखि चीन र नेपालको सिमाना कोरलासम्मको र्‍याली  पोखराबाट शुरु भएको हो । 

    images
    images
    images

    कात्तिक २० गतेसम्म  हुने उक्त मोटर र्‍यालीको नारा ‘आन्तरिक पर्यटनका लागि सबैसँगै’ रहेको छ । नेपाल पर्यटन बोर्ड गण्डकी शाखा प्रमुख काशीराज भण्डारीले  झण्डा हल्लाएर र्‍याली उद्घाटन गर्दै सहभागी टोलीलाई बिदाइ पनि गरे । 

    images
    images
    images

    कोरोनापछि थलिएको पर्यटन क्षेत्रलाई यस र्‍यालीले माथि उकास्न सहयोग गर्ने प्रमुख उनले बताए । यस कार्यक्रमले आपसी भाइचारा बढाउँदै आन्तरिक तथा बाह्य पर्यटनमा सहयोग पुग्ने प्रमुख भण्डारीको भनाइ थियो । भविष्यमा उद्योगको क्षेत्रमासमेत योगदान पु¥याउनसक्ने युवा उद्यमीले र्‍याली आयोजना गर्नु नै हरेक क्षेत्रबाट महत्वपूर्ण रहेको उनले बताए । 

    images
    images

    सातवटै प्रदेशका विभिन्न च्याप्टरका  ६० भन्दाबढी सदस्य तथा युवा उद्यमी र्‍यालीमा सहभागी छन् । आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न मोटर र्‍याली देशव्यापीरुपमा आयोजना गर्दै जाने नेपाली युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष रितेश लामिछानेले जानकारी दिए । मञ्चले यसभन्दाअघि मेची महाकाली मोटरर्‍याली गरिसकेको छ । 

    स्थानीय संस्कृतिलाई प्रचारप्रसार गर्न यसले टेवा पु-याउने नेपाली युवा उद्यमी मञ्च पोखरा च्याप्टरका अध्यक्ष सुयस मल्लले बताए । यसबाट मुस्ताङको भौगोलिक अवस्था र संस्कृति बुझ्नाका साथै सबै च्याप्टरका पदाधिकारीबीच भेटघाट गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको र यसबाट गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा केही भए पनि राहत मिल्ने उनले उल्लेख गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।