देवदह । रुपन्देही क्षेत्र नम्वर १ बाट प्रतिनिधी सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार टिकाराम चापागाईंले
आफ्नो जीत नै जनताको जीत भएको बताएका छ्न्। शुक्रवार रुपन्देहीको ओमसतियामा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
'मेरो जीत नै जनताको जीत हो’ उनले भने 'जनताको स्वागत, माया, सुबेक्षा, सम्मानले गर्दा नै मेरो जित भयो अब घोषण हुन मात्र बाँकी छ ।’
पटक पटक राजनीति दलका उम्मेदवार झुठो आश्वासन बाढेकोमा आफुले आश्वासन भन्दा भिजन प्रस्तुत गर्दै जनताको अगाडी आएको उनको भनाइ छ ।
जनताको भावना अनुसार काम गर्ने पनि प्रतिबद्धता जनाउँदै उनले बिगतमा पनि सधै रुपन्देहीका जनताकालागि लडेको र आगामी दिनमा पनि लड्ने बताए ।
रुपन्देही क्षेत्र नम्वर १ को प्रतिनिधी सभा सदस्य पदमा उनी सत्तारूढ गठबन्धन समर्थित स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल, विपक्षी गठबन्धनका उम्मेदवार छविलाल बिश्वकर्मा सहित डेढ दर्जन बढी उम्मेदवारसंग प्रतिस्पर्धा गर्दैछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology