Logo

२०८३, श्रावण २७गते


images
images

आजको राशिफल

जेठ ९ गते आइतबार, श्री सूर्यदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

जेठ ९ गते आइतबार, श्री सूर्यदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

images
  • सेतोमसी सहकर्मी
  • जेठ ९ गते आइतबार, श्री सूर्यदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस 
    images
    images

    ज्यो. पं युवराज अधिकारी । आज मिति २०७८ जेठ ९ गते आइतबार । तदनुसार २३ मे २०२१ । श्री सूर्यदेवको दर्शन गरी आजको पञ्चाङ्ग र राशिफल हेर्नुहोस ।

    images
    images
    images

    आजको पञ्चाङ्ग:

    images
    images
    images

    वि.सं. जेठ ०९, २०७८ । ई.सं. 23 May, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४१ बछलाथ्व । उत्तरायण । ग्रीष्म । आइतवार । वैशाख शुक्लपक्ष । तिथि - द्वादशी , २४:३९ बजे उप्रान्त त्रयोदशी । नक्षत्र - हस्त , ९:०३ बजे उप्रान्त चित्रा । योग - सिद्धि , १२:२४ बजे उप्रान्त व्यतीपात । करण - वव १३:४४ बजेदेखि वालव , २४:३९ बजे उप्रान्त गर । चन्द्रराशि - कन्या । आनन्दादि योग - मानस । दिनमान ३४ घडी ०० पला । सूर्योदय ५:१३ । सूर्यास्त १८:४९ । द्विपुष्कर ९:०३ उ. ००:३९ प. वैष्णवहरुको मोहिनीएकादशीव्रत, कोकाकौशिकी सङगममा मत्स्यदर्शन । 

    images
    images
    images

    आजको राशिफल:

    मेष - ARIES (चु, चे, चो, ला, ली, लु, ले, लो, अ) 
    आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । कीर्ति बढ्नेछ । मान प्रतिष्ठा बढ्ने योग छ । अध्ययन तथा अध्यापन क्षेत्रमा सफलता मिल्नेछ । मीष्ठान्न भोजन प्राप्त हुनेछ । परिवारबाट सहयोग मिल्नेछ । व्यवसायबाट प्रसस्त आम्दानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ ।

    वृष - TAURUS (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)  
    आकस्मिक धन तथा उपहार प्राप्तिको योग छ । यश प्राप्त हुनेछ । मित्रहरुबाट सहयोग प्राप्त हुनेछ । यात्राको अवसर मिल्नेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहनेछ । मनले चिताएको काम पुरा हुनेछ । प्रेममा सफल भइएला । साथीबाट पूर्ण सहयोग मिल्नेछ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहेका छन् ।

    मिथुन - GEMINI (का, की, कु, घ, ङ, छ, के, को, हा)  
    आर्थिक उन्नति तथा प्रगति हुनेछ । धन आर्जन हुनेछ । मनले चिताएका कामहरु पुरा हुने दिन रहेको छ । मेहनतसाथ गरेको काम सफल हुनेछ । यात्रा अर्थपूर्ण होला । धन तथा सामान प्राप्त । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुने छैन ।

    कर्कट - CANCER (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
    काममा बाधाहरु आउनेछ । शत्रुले पीडा दिने खालको दिन रहेको छ । आज राम्रो काम गर्न स्वास्थ्यले पनि साथ दिने छैन । आफन्तहरुसंग झगडा हुनसक्छ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँ कामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहनेछ ।

    सिंह - LEO (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
    आकस्मिक धनलाभ हुने योग छ । पराक्रम बढ्नेछ । स्वास्थ्यमा देखिएको समस्याबाट छुट्कारा मिल्नाले मन प्रसन्न रहनेछ । शत्रु पराजित हुनेछन । आज रमाइलो यात्रा हुनेछ । प्रेममा सफल हुने योग छ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिल रुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ । 

    कन्या - VIRGO (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)  
    स्वास्थ्यमा समस्या आउनेछ । मनमा असन्तोष बढ्नेछ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यक रुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यक रुपमा विवाद उत्पन्न हुन सक्नेछ । आँखाको समस्याले सताउनेछ । खानपानमा ख्याल गर्नुहोला ।

    तुला - LIBRA (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
    सभा समारोहमा सहभागि भइएला । सत्कार तथा मान सम्मान प्राप्त हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । मन हर्षित रहनेछ । स्वास्थ्य राम्रो रहनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायवाट प्रसस्त आम्दानी होला ।

    वृश्चिक - SCORPIO (तो, ना, नी, नू, ने, नो, या, यी, यू)  
    काममा बाधा उत्पन्न हुनेछ । फजुल खर्च बढ्नेछ । प्रियजन संग बिछोड । शारीरिक समस्याले मनमा चिन्ता बढ्नेछ । आफन्तहरुबाट असहयोग प्राप्त हुनेछ । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जानेछैन । अनावश्यक यात्राहरु हुनेछन् । व्यवसायमा घाटा होला ।

    धनु - SAGITTARIUS (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
    काममा सफलता मिल्नेछ । कीर्ति बढ्नेछ  । आफन्तहरु तथा मित्रहरुसंग प्रेमील संबन्ध रहनेछ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । कामहरु बन्दै जानेछन । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिन छ । आफन्तबाट प्रसस्त मात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ । 

    मकर - CAPRICORN (भो, जा, जी, खी, खु, खे, खो, गा, गी) 
    कीर्ति बढ्नेछ  । रोकिएका कामहरु पुरा हुनेछन् । धनागम हुनेछ । मित्रबाट सहयोग प्राप्त हुनेछ । मनले चिताएको काममा सफलता मिल्ने योग छ । इष्ट सिद्धि हुनेछ । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।

    कुम्भ - AQUARIUS (गू, गे, गो, सा, सी, सु, से, सो, दा)
    आयआर्जन हुने दिन रहेको छ । पराक्रम बढ्नेछ । परिवारबाट पुर्ण सहयोग प्राप्त हुनेछ । सरकारी काममा भने झमेला हुन सक्नेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछ । पेटमा वायुविकार जन्य समस्या आउन सक्छ । खानपानमा विशेष सतर्कता अपनाउनु होला ।

    मीन - PISCES (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)  
    काममा ढिला सुस्ति हुनेछ । अपमानित हुनुपर्ने दिन रहेको छ । पेटजन्य रोगका कारण स्वास्थ्य खराव हुन सक्नेछ । मनमा चिन्ता बढ्नेछ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन ।आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ ।

    नोट : ज्योतिष परामर्शको लागि कालिकादेवी ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्रमा सम्पर्क गर्नुहोस् ।
    सम्पर्क :- ९८४३२०८४८२ / ९८६७३८८३०२ 
    (प्रत्यक्ष परामर्शको लागि बिहान ६ बजे बाट ११ बजे सम्म । साथै अनलाइन तथा फोनबाट पनि स:शुल्क सेवा उपलब्ध रहेको छ ।)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।