Logo

२०८३, कार्तिक २७गते


images
images

वनभोजबाट फर्किएका युवा चढेको डुङ्गा नारायणीमा दुर्घटना, ३ जनाको मृत्यु, २ घाइते 

वनभोजबाट फर्किएका युवा चढेको डुङ्गा नारायणीमा दुर्घटना, ३ जनाको मृत्यु, २ घाइते 

images
  • वनभोजबाट फर्किएका युवा चढेको डुङ्गा नारायणीमा दुर्घटना, ३ जनाको मृत्यु, २ घाइते 
    प्रतीकात्मक तस्वीर
    images

    कावासोती । पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिए ।

    images
    images
    images

    उनका अनुसार डुङ्गा दुर्घटना हुँदा सुस्ता-४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका १८ वर्षीय नीरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको मृत्यु भएको हो ।

    images
    images
    images

    डुङ्गामा सवार दुई जना नदीमा डुबेर घाइते भएका छन् । घाइते हुनेमा २२ वर्षीय किशोर हरिजन र सोहित सहानी छन् । उनीहरूलाई उपचारका लागि भैरहवा लगिएको छ ।

    images
    images

    घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।