Logo

२०८३, कार्तिक २६गते


images
images

मुक्तिनाथ मन्दिरमा डिजिटल दानपत्र

मुक्तिनाथ मन्दिरमा डिजिटल दानपत्र

images
  • मुक्तिनाथ मन्दिरमा डिजिटल दानपत्र
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । मुक्तिनाथ मन्दिरमा डिजिटल दानपत्र राखिएको छ। अहिलेसम्म मन्दिर परिसरमा चन्दाका लागि चन्दा बाकस राखिँदै आएकाे छ । मन्दिर पुगेका इच्छुक भक्तालुहरूले डिजिटल प्रविधिमार्फत दान दिने गर्छन् । आफूलाई इच्छाएअनुसार डिजिटल प्रविधिबाट त्यहाँं दान दिन सक्ने व्यवस्था गरिएको छ । 

    images
    images
    images

    काठमाडाैबाट दर्शनका लागि मन्दिर पुगेका इन्जिनियर कृष्णभक्त दुवालले डिजिटल दानपत्रमार्फत पहिलो पटक दान गर्न पाउँंदा रमाइलो अनुभव भएको सुनाए । ‘फष्ट टाइम डिजिटल दानपत्रबाट दान गर्न पाउँंदा अनौठो र खुशी महसुस भयो,’ उनले भने । आधुनिकतासँंगै आधुनिक प्रविधिको प्रयोग हुन थालेकोमा उनले हर्ष प्रकट गरे ।  

    images
    images
    images

    नीलगिरि हिमाल, मुक्तिनाथ हिमाल र दामोदर हिमालको काखमा अवस्थित मुक्तिनाथ मन्दिर प्राकृतिक हिसाबले एकदमै सुन्दर र मनमोहक छ । समुद्री सतहबाट ३७१० मिटरको उचाइमा रहेको यो मन्दिर धार्मिक एवं ऐतिहसिक हिसाबले पनि उति नै विशेष ठाउँ हो ।

    images
    images

    हिन्दूहरूका लागि भगवान विष्णुका १०८ दिव्योपदेशहरुमध्ये एक मुक्तिनारायण मन्दिर तथा बौद्ध धर्मावलम्बीहरूका लागि २४ तान्त्रिक ठाउँहरूमध्येको एक झ्युमिग–ग्यात्शा दुवै एकै ठाउँमा भएको हिन्दू तथा बौद्ध समुदायमा प्रख्यात तीर्थस्थल हो मुक्तिनाथ । हिमालपारिको जिल्ला मुस्ताङको प्राकृतिक सुन्दरता र मुक्तिनाथको धार्मिक महत्वले गर्दा त्यहाँसम्मको यात्राले मन लोभ्याउने गर्दछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।