Logo

२०८३, कार्तिक २६गते


images
images

मोटरसाइकलको पांग्रामा सल बेरिएर तनहुँमा एक महिलाको हात चुँडियो 

मोटरसाइकलको पांग्रामा सल बेरिएर तनहुँमा एक महिलाको हात चुँडियो 

images
  • मोटरसाइकलको पांग्रामा सल बेरिएर तनहुँमा एक महिलाको हात चुँडियो 
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा मोटरसाइकलमा सवार एक महिलाको सल बेरिएर हात चुँडिएको छ । व्यास नगरपालिका-५ पाटनबाट शनिबार झापुटार आउँदै गरेको ग १७ प ३४७२ नम्बरको मोटरसाइकलमा सवार २९ वर्षीया रेनु थापाको हात चुँडिएको हो ।

    images
    images
    images

     

    images
    images
    images

    दिदीको छोरासँग बाइकमा आउँदै गरेकी थापाको बॉया हात कुहिनो भन्दा तलबाट चुँडिएको प्रहरीले जनाएको छ । बाइकमा सवार घाइते थापाकी छोरी र चालक सकुशल छन्। बाइकमा सवार थापा मात्रै बाइकबाट लडेकी थिइन् ।

    images
    images

     

    घाइते थापालाई तत्कालै दमौली अस्पताल ल्याएर उपचार गरिएको थियो । थप उपचारका लागि उनलाई हेलिकप्टरबाट काठमाडौ लगिएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए । 

     

    समयमै उपचार गर्न सकिए हात जोड्न सकिने चिकित्सकले जनाएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।