Logo

२०८३, आश्विन १२गते


images
images

यूराेपमा सन् २०३५ देखि पेट्रोल र डिजेल कारमा प्रतिबन्ध लाग्ने 

यूराेपमा सन् २०३५ देखि पेट्रोल र डिजेल कारमा प्रतिबन्ध लाग्ने 

images
  • यूराेपमा सन् २०३५ देखि पेट्रोल र डिजेल कारमा प्रतिबन्ध लाग्ने 
    images
    images

    एजेन्सी । यूरोपेली युनियन (ईयू) ले सन् २०३५ देखि डिजेल र पेट्रोलबाट चल्ने कार र भ्यानमा प्रतिबन्ध गर्ने कानुन पारित गरेकाे छ। याे प्रस्ताव पारित भएसँगे अबकाे झण्डै १३ वर्षपछि यूराेपमा पेट्रोल र डिजेलबाट चल्ने कार खरिद बिक्री नै गर्न पाइनेछैन। 

    images
    images
    images

     

    images
    images
    images

    जलवायु परिवर्तनको असर घटाउन यूराेपेली राष्ट्रहरूले याे कदम चालेका हुन्। डिजेल र पेट्रोल इन्धनबाट चल्ने गाडीकाे सट्टामा विद्युतीय सवारीलाई प्राथिमिकतामा राख्ने ईयूका लक्ष्य छ।

    images
    images
    images

     

    यूरोपेली आयोगसँगै, कानुन पारित गर्ने यूरोपियन संसद र कार निर्माता कम्पनीहरु पनि २०३५ देखि डिजल तथा पेट्रोल कार प्रतिबन्धमा सहमत भएकाे राेयटर्सले जनाएकाे छ।

    सबैकाे यो सहमतिले यूरोप शून्य कार्बन उत्सर्जनमा केन्द्रित रहेको कुरा पुष्टि गरेकाे यूरोपेली युनियनका जलवायु नीति प्रमुख फ्रान्स टिम्मरम्यानले बताएका छन्।

     

    यूरोपियन संसदका बातावरण कमिटिका प्रमुख भन्छन्, ‘कार्बन उत्सर्जन कमि गर्ने हाम्राे लक्ष्यकाे लागि भएकाे याे एक एतिहासिक निर्णय हाे। सन् २०५० सम्ममा युराेपमा कार्बन उत्सर्जन शून्यमा झर्नेछ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।