Logo

२०८३, आश्विन १२गते


images
images

बाँगलादेशमा सित्राड आँधी, २८ जनाकाे मृत्यु 

बाँगलादेशमा सित्राड आँधी, २८ जनाकाे मृत्यु 

images
  • बाँगलादेशमा सित्राड आँधी, २८ जनाकाे मृत्यु 
    images
    images

    एजेन्सी । बंगलादेशमा ‘सित्राङ’ नामको आँधीबाट मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ। सित्राङबाट लाखौँ मानिस प्रभावित भएको बताइएको छ।

    images
    images
    images

    आँधीका कारण यहाँका लाखौँ व्यक्ति विद्युतविहीन भएको अधिकारीले बुधबार जानकारी दिएका छन्। उद्धारकर्मीले ड्रेजर डुङ्गाका चालक दलका चार जना सदस्यको शव बुधबार फेला पारेका थिए। यसपछि सो आँधीबाट ज्यान जानेको सङ्ख्या २८ पुगेको बताइएको छ।

    images
    images
    images

    बंगलादेशमा आँधी र तुफानको खतरा रहने गरेको छ। तर वैज्ञानिकका अनुसार जलवायु परिवर्तनले तिनीलाई अझ तीव्र र बारम्बारको खतरा बनाउँदै छ।

    images
    images
    images

    सित्राङ नामक यस आँधी दक्षिणी बंगलादेशमा अवतरण गरेको जनाइएको थियो। त्यसलगत्तै मानिसलाई यसले प्रभावित पारेको हो।

    अधिकारीले यस शक्तिशाली आँधी आउनुअघि करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा पुर्‍याउन सफल भएको बताएका थिए।

    सो आँधीको गति ८० किलोमिटर ९५५ माइल० प्रति घण्टा रहेको र यसले अझै पनि लाखौँ मानिसको घर रहेको देशको घना जनसङ्ख्या भएको तल्लो तटीय क्षेत्रमा विनास गर्ने अनुमान गरिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आँधीबाट मृत्यु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।