Logo

२०८३, कार्तिक २६गते


images
images

ब्याजदर घटाउने मागसहित आन्दोलनमा उत्रने उद्योगी-व्यवसायीको तयारी

ब्याजदर घटाउने मागसहित आन्दोलनमा उत्रने उद्योगी-व्यवसायीको तयारी

images
  • ब्याजदर घटाउने मागसहित आन्दोलनमा उत्रने उद्योगी-व्यवसायीको तयारी
    images

    राजेश पराजुली, पोखरा । पोखराका उद्योगी-व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुले एकतर्फी रुपले बढाएको ब्याजदर घटाउने मागसहित कडा आन्दोलन गर्ने भएका छन् । पोखरा उद्योग वािणज्य संघले आइतबार आयोजना गरेको छलफल कार्यक्रममा सहभागी उद्योगी÷व्यवसायीहरुले आन्दोलनको लागि संघका अध्यक्ष पवनकुमार प्रजापतिको संयोजकत्वमा १०१ सदस्यीय संघर्ष समिति गठनसमेत गरेका छन् । 

    images
    images
    images

    संघर्ष समितिमा पोखरासहित लेखनाथ उद्योग वाणिज्य संघ, विभिन्न व्यावसायिक संघ÷संस्था तथा बस्तुगत संघहरु रहेका छन् ।
    ‘बैठकले बैंकको ब्याजदर घटाउन सशक्त आन्दोलन गर्ने म्याण्डेट दिएको छ’,पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले भने,‘संघर्षका कार्यक्रमहरु वारपार गर्ने खालका हुन्छन्, हामी तिहारलगत्तै संघर्षमा उत्रन्छौँ ।’ उनले आन्दोलनका स्वरुपबारे छिट्टै जानकारी दिने बताए । यसअघि संघले अर्थमन्त्री, नेपाल राष्ट्र बैंक तथा बैंकर्स एसोसियसनलाई ज्ञापनपत्रमार्फत् ब्याजदर घटाउन आग्रह गरिए पनि सुनुवाइ नभएको उनको भनाइ छ । 

    images
    images
    images

    उनका अनुसार बैंकले कुसमयमा बढाएको ब्याजदर,कर्जाको साँवा र ब्याजको लागि पटक–पटक गरिने ताकेता र विभिन्न बहानामा लिइने शुल्कहरु नघटेसम्म आन्दोलन जारी रहने छ । पोउवा संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले बैंक तथा वित्तीय संस्थाहरुको दादागिरीले आजित भएर आन्दोलनको कार्यक्रम घोषणा गरिएको सुनाए ।

    images
    images

    ‘उद्योगी÷व्यवसायीहरुले अर्काको लागि आन्दोलन गरिदिएका छन्, व्यवसाय बन्द गरेर सघाएका छन्’,उनले भने,‘अहिले आफैमाथि परेको समस्याले हामीलाई सडकमा ल्याउँदैछ, हामी आम नागरिकबाट पनि यो संघर्षमा ऐक्यवद्दताको अपेक्षा गर्दछौँ ।’ संघका महासचिव बलराम आचार्यले निजी क्षेत्रको मागलाई वेवास्ता नगर्न नेपाल राष्ट्र बैंक र सरकारसँग माग गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।