Logo

२०८३, कार्तिक २६गते


images
images

समाजसेवी एव पूर्वसांसद मैंयादेवी श्रेष्ठको निधन    

समाजसेवी एव पूर्वसांसद मैंयादेवी श्रेष्ठको निधन    

images
  • समाजसेवी एव पूर्वसांसद मैंयादेवी श्रेष्ठको निधन    
    images

    राजेश पराजुली, गण्डकी प्रदेश  । चितवनको समाजसेवी एवं पूर्वसांसद मैंयादेवी श्रेष्ठको गएराती निधन भएको छ । पार्किन्सन्स् रोगबाट पीडित  श्रेष्ठको ९४ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । 

    images
    images
    images

    विहान १ बजेर १० मिनेट जादा उनको उपचारका क्रममा निधन भएको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारि दिए ।

    images
    images
    images

    गत असोज २५ गतेदेखि  निमोनियाबाट अस्वस्थ श्रेष्ठको उपचारका क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो । 

    images
    images

    मैयादेवी श्रेष्ठको निधनप्रति कांग्रेस चितवनले शोक वक्तव्य जारि गर्दै असल अभिभावक गुमाएको जनाएको छ ।

    मैयादेवीले पार्टी, समाजप्रति गरेको सेवा अनुकरणीय रहेको उल्लेख गर्दै उनको योगदान सधै सम्झना हुने उल्लेख छ । जिल्ला सभापति खनालद्वारा जारी विज्ञप्तिमा श्रेष्ठको समाजसेवालाई राज्यले कदर गर्नुपर्ने उल्लेख छ ।चितवन कांग्रेसले शोकमा आज पार्टीका कुनैपनि चुनावी घरदैलो नगर्ने भएको छ ।

    विसं. १९८५ असोज ५ गते फूलपातीका दिन तनहुँको बन्दीपुरमा जन्मिएका दिवंगत समाजसेवीले आफ्नो जीवनकालमा कयौं दान दिएको छ ।आजीवन अविवाहित  मैयादेवीले ओम शान्ति मैयादेवि ट्रष्ट र मैयादेवी ट्रष्टका नाममा करोडाै मूल्यका घरजग्गा र नगद राखेर अक्षय कोष स्थापना भएको छ । 

    उनले भरतपुरमा मैयादेवी कन्या कलेज स्थापना गर्न बालकुमारी कन्या स्कूललाई १० कठ्ठा जग्गा दान दिएकी छन् ।

    दिवंगत श्रेष्ठले दानस्वरुप दिएको जमीनमै अहिले काठमाडौंमा नेपाल तरूण दलको केन्द्रीय कार्यालय, कांग्रेसको चितवन जिल्ला कार्यालय, प्रेस युनियन चितवनको भवन, मानव सेवा आश्रम भरतपुर शाखाको निर्माणाधीन भवन रहेका छन् ।

    २००३ सालमा वीपी कोइरालाबाट कांग्रेसको सदस्यता लिएकी दिवंगत श्रेष्ठ ०४८ सालमा गोरखा क्षेत्र नः २ बाट निर्वाचित साँसद, ०६२/०६३ को जनआन्दोलनपछि पुनस्र्थापित संसदमा साँसद र २०५६ सालमा राष्ट्रिय सभा सदस्य  श्रेष्ठको पार्थीव शरिरलाई दिउसो १ बजे देवघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मैंयादेवी श्रेष्ठ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।