राजेश पराजुली, गण्डकी प्रदेश । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार गाडी दुर्घटनामा परेको छ । शुक्रबार चुनाव प्रचारका क्रममा स्याङ्जाको गल्याङ बटुवामा गाडी दुर्घटनामा परेको हो ।
उपसभापति गुरुङले गाडी नालीमा खसेको र सबैजना सुरक्षित रहेको जानकारी दिएका छन् ।
कालिगण्डकी–६ इम्सिलको कार्यक्रमबाट फर्कने क्रममा गल्याङ बटुवामा सामन्य दुर्घटना भएको र आफुहरू सबै सुरक्षित रहेको गुरुङले ट्विटरमा उल्लेख गरेका छन् ।
एक वर्षअघि पनि गुरुङ सवार गाडी सामान्य दुर्घटनामा परेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology