Logo

२०८३, कार्तिक २७गते


images
images

`कालीगण्डकी करिडोर´समृद्धिकाे सपना 

`कालीगण्डकी करिडोर´समृद्धिकाे सपना 

images
  • सेतोमसी सहकर्मी
  • `कालीगण्डकी करिडोर´समृद्धिकाे सपना 
    images

    कृष्ण अन्जान, गुल्मी ।  कालिगण्डकी गाउँपालिका वडा न १ हर्मिचौरका टिकाराम पाण्डेलाई झल्झल्ति सम्झना छ जुन दिन एमाले नेता प्रदिप कुमार ज्ञवालीले अब म हर्मिचौर आउँदा हिँडेर हाेईन माेटर चढेर आउँछु भनेकाे । यसपछि पटक पटक प्रदिप कुमार ज्ञवाली हर्मिचौर, अर्वेनि, पुर्तिघाट पुग्दा माेटर चढेरै पुगेका छन् ।

    images
    images
    images


    कालिगण्डकी करिडोरकाे निर्माण भए सँगै सुदुरपुर्वका गुल्मेली जनताहरुले यसैमा समृद्धिका आशा र सपना देखि रहेका छन् ।करिडोरलेरुरुक्षेत्र ,सत्यवति ,कालीगण्डकी   गाउँपालिका लाई समेट्दै  बाग्लुङ जोडेको छ । 
    त्यति मात्र हैन कालीगण्डकी नदिका तटहरुमा रहेका धार्मिक तथा पर्यटकिय स्थल हरुलाई जाेडेर 
    चीन र भारतका धार्मिक पर्यटककालागी  कालिगण्डकी करिडोर आकर्षक गन्तव्य पुग्ने माध्यम बनेकाे छ  ।

    images
    images
    images

     

    images
    images

    कालीगण्डकी  करिडोरले भारतिय तथा नेपाली पर्यटकहरुलाई  लुम्बिनी, पाल्पाको रानीमहल, गुल्मीको रुरुक्षेत्र  शालिग्राम शिलाउ पुर्याउँदै  मुक्तिनाथ मात्र हाेईन अपर मुस्ताङकाे लाेमान्थाँग ,छुसेर र काेराेला सम्मकाे गन्तव्यमा पुर्याउँछ । कालीगण्डकी करिडोरकाे  रिडी–रुद्रवेणी–हर्मिचौरको २१् किलोमिटर सडकखण्डमा कालोपत्रेको काम अगाडि शुरु भएकाे छ र जाेडताेडका साथ काम जारी छ ।


    याे सडककाे ट्रयाक खाेल्ने काम देखि लिएर हाल सम्म याे क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभका सदस्य प्रदिप कुमार ज्ञवालीकाे प्रत्यक्ष निगरानी र बारम्बारकाे रेखदेखमा करिडोर निर्माण कार्यले गति लिएकाे रुरुक्षेत्रकाे रिडीका हिमाल श्रेष्ठ बताउँछन ।


    कालीगण्डकी करिडाेरकाे निर्माण सँगै जहाँबाट कारिडाेर गएकाे छ त्याे क्षेत्रमा विकासकाे ढाेका खाेलेकाे छ नै मुख्य रुपले सत्यवति ,कालीगण्डकी ,का माथिल्ला गाउँहरु धुसेनि ,च्यामी  देउराली ,भर्दालकाेट ,शिरकाेट ,
    गिदुवा ,वकेवा ,जयखानी , शानी ,खड्गकाेट ,छापचौर ,भुर्तुँग लगाएत धेरै गाउँहरूमा आउन जान सजिलो मात्र भएकाे छैन मैदानि इलाकाका अस्लेवा ,रुद्रवेणि ,हर्मिचौर ,अर्वेनी क्षेत्र सँगै गाउँका उत्पादन हरुलाई कालीगण्डकी करिडाेर मार्फत बजारीकरण र आवागमनमा सजिलो भएकाे छ । 


    कालिगण्डकी करिडाेर आएसँगै याे क्षेत्रकाे समृद्धिमा नया आयाम थपिएकाे छ नै वास्तवमा आँखा नभएकालाई नयाँ ज्याेति प्राप्त भएकाे याे क्षेत्रका अनुभुती आम नागरिकले गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।