Logo

२०८३, कार्तिक २७गते


images
images

'देवदह टाइम्स' बुलेटिन बिमोचन 

'देवदह टाइम्स' बुलेटिन बिमोचन 

images
  • 'देवदह टाइम्स' बुलेटिन बिमोचन 
    images

    देवदह । देवदह गुराँस मिडिया प्रालिद्वारा प्रकाशित बुलेटिन 'देवदह टाइम्स' एक कार्यक्रममा बिच बिमोचन गरिएको छ।

    images
    images
    images

    मंगलबार देवदह गुराँस मिडिया प्रालिले विजयादशमी,शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना सङ्गै पुस्तक बिमोचन गरेको हो।

    images
    images
    images

    बिमोचन कार्यक्रममा बोल्दै मिडियाका अध्यक्ष प्रेम थापा मगरले पुस्तकमा स्वास्थ्य, शिक्षा, पर्यटन, साहित्य, पूर्वाधार लगायतका सामाग्री समेटिएको बताए । बुलेटिनलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने बताउँदै मिडियाले निष्पक्ष र तथस्ट ढङ्गले आम जनतालाई सु-सूचित गराउनु पर्ने बताएका थिए ।

    images
    images

    कार्यक्रममा शुभकामना तथा सुझाब राख्दै सेतोमसी मिडियाका सम्पादक बिष्णु पोखरेलले मिडियाले समाजमा रहेका बिषय बस्तुको यथार्थ रुपमा चित्रण गर्नुपर्ने बताए । मिडियाले उठाउने बिषयबस्तु समाजमा छलफल र बहसको बिषय बन्नुपर्ने उनको भनाइ थियो ।

    कार्यक्रममा बोल्दै संस्थाका प्रबन्ध निर्देशक निर्मल (एसपी) थापाले बुलेटिनमा बिचार, बिष्लेषणात्मक, जानकारीमुलक र जनतालाई सु-सूचित गराउने खालका सामाग्री राखिने उल्लेख गरेका थिए ।

    कार्यक्रममा गुराँस मिडियाका सम्पादक एलबी सर्बुजा,पत्रकार मीन राना र रेशम अधिकारी लगायतले बोल्दै सुझाव तथा शुभकामनासंगै निरन्तरताको लागि शुभकामना व्यक्त गरेका थिए ।

    पुस्तकमा राखिएको सन्देशमुलक सूचना सामाग्रीबाट प्राप्त रकममध्य ५ प्रतिशत रकम नौरुपा स्मृति अक्षय कोषमा राखिने समेत मिडियाले जनाएको छ ।

    कार्यक्रम संस्थाका अध्यक्ष प्रेम थापा मगरको अध्यक्षता तथा सचिव प्रीतम कुमार थापाको संचालनमा सम्पन्न भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # 'देवदह टाइम्स'
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।