Logo

२०८३, कार्तिक २७गते


images
images

मतदातालाई स्वतन्त्र उम्मेदवार अर्यालको आग्रह : "म आत्म समिक्षा गर्छु, तपाईंहरु पनि गर्नुहोस्"

मतदातालाई स्वतन्त्र उम्मेदवार अर्यालको आग्रह : "म आत्म समिक्षा गर्छु, तपाईंहरु पनि गर्नुहोस्"

images
  • मतदातालाई स्वतन्त्र उम्मेदवार अर्यालको आग्रह : "म आत्म समिक्षा गर्छु, तपाईंहरु पनि गर्नुहोस्"
    images

    माधव ज्ञवाली, गुल्मी । गुल्मी क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार भुवनेश्वर अर्यालले अब गुल्मीका जनताले राम्रोसँग आत्म समिक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । दशकौंदेखि गुल्मीमा कुनै निश्चित पार्टी र निश्चित ब्यक्तिहरुले मात्र एकछत्र राज गरिरहेको तर यहाँका जनताको अवस्थामा भने सुधार हुन नसकेको अवस्थामा हामीले किन असल नेता छान्न सकेनौं भनेर आत्म समिक्षा गर्न उनले मतदातालाई आग्रह गरेका हुन् ।

    images
    images
    images

    सेतोमसीसङ्ग कुरा गर्दै अर्यालले भने," म आजसम्म कुनै पार्टी भनेर पार्टीको लागि भोट कहिले मागेर हिँडेको छैन। ब्यक्तिको लागि भोट माग्दै हिँडेको चाहिँ ३७ बर्ष भएछ। हामीले ब्यवस्था त परिवर्तन गर्यौँ तर अवस्था परिवर्तन गर्न सकिएन।" आफुले कसैलाई दोष लगाउन नचाहेको तर यसपालि गुल्मीका जनताले असल नियत भएका कर्मशिल ब्यक्तिलाई पार्टीको झण्डाभन्दा माथी उठेर भोट हाल्न आग्रह गरेका छन् । जनताको अवस्था परिवर्तन गर्न पार्टीको झण्डाभन्दा माथी उठेर नै नयाँ सोछ सहित अघि बढ्नुपर्ने उनको दाबी छ।

    images
    images
    images

    ३ पटक एमालेका प्रदीप ज्ञवाली, १ पटक कांग्रेसका चन्द्र भण्डारी र गत स्थानीय तहको निर्वाचनमा माओवादीका यदु ज्ञवालीलाई खुलेरै भोट माग्न हिडेका अर्यालले आफू स्वतन्त्र प्रकृतिको भएको बताएका छन् ।

    images
    images

    आफुले चिनाव हारे पनि जिते पनि गाउँमै कृषि तथा पशुपालनमा युवाहरुलाई नमुना बनाएरै छाड्ने आफ्नो संकल्प रहेको बताउँदै त्यसको लागि जग्गा चक्लाबन्दी गरिरहेको बताए। अर्याल आफै पनि कृषि कर्ममा विश्वास राख्छन र गर्छन पनि, उनले २०० बोट कागती, १०० बोट टिमुर र ४ क्विन्टल अदुवा, बेसार लगाएका छन् । अहिलेको परिस्थितिमा कृषि र पशुपालनबाटै गाउँलाई माथी पुर्याउन सकिने र युवाहरुलाई प्रोत्साहन गर्न सकिने उनले बताए। 

    त्रिचन्द्र क्याम्पसबाट बि.एस.सी गरेका उनले  बुटवल बहुमुखी क्याप्पसबाट बि.एड गरेका छन् । 

    सरस्वति मा. बि लिम्घा, ग्वादी मा.वि ग्वादि, ब्राइट ल्याण्ड स्कुल नेपालगञ्ज, एभरेस्ट माबि बुटवल र न्यु होराइजन बुटवल गरि दस बर्ष माध्यमिक बिद्यालयमा शिक्षक भई काम गरेको अनुभव उनीसंग छ।

    अर्यालले पूर्व गृह तथा उपप्रधानमन्त्री बामदेव गौतमको स्वकिय सचिब भई काम गरिसकेका छन् भने पूर्व स्थानीय विकासमन्त्री युवराज ज्ञवालीको स्वकिय सचिव भई काम गरेको अनुभव पनि उनीसङ्ग छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भुवनेश्वर अर्याल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।