कृष्ण अन्जान ,लुम्पेक । पुर्व परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले ठुलाे लुम्पेकमा मँगलवार स्थानीय खेलाडिहरु सँग भेटघाट गरेका छन ।
सत्यवति गाउँपालिका वडा न ३ काे ठुलाे लुम्पेक डाँडामा स्थापना भएकाे कभर्डहलमा लुम्पेक ब्याडमिन्टन सँघले आयाेजना गरेकाे खेलाडी सँगकाे भेटघाट कार्यक्रममा गुल्मी क्षेत्र न १ का प्रतिनिधि सभाका उम्मेदवार समेत रहनु भएका ज्ञवालीले खेलाडी हरुका लागि राज्यले एथेष्ट लगानी गर्नु पर्ने बताउनु हुँदै देश चिनाउने खेलाडिले उचित सम्मान पाउनु पर्ने धारणा राखे
पुर्व परराष्ट्रमन्त्री ज्ञवालीले खेलाडिहरुलाई राज्यवाट उपेक्षा गर्न नहुने बताए । खेलाडि सँग गरिएकाे अन्तरकृया र भेटघाटमा ठुलाेलुम्पेक ब्याडमिन्टन सँघका अध्यक्ष कृष्ण पुलामीले कभर्डहलकाे स्ताराेन्नति र भौतिक पुर्वाधारकाे विकासका लागि पुर्व परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवाली समक्ष माग राख्नु भएकाे थियाे ।
खेलाडि भेटघाट कार्यक्रममा गुल्मी क्षेत्र न १ क का प्रदेश सभाका उम्मेदवार चिन्तमणि पाण्डे ,खेलकुद विकास समिति गुल्मीका निवर्तमान अध्यक्ष मनाेज काउछा ,ठुलाे लुम्पेक क्षेत्रका खेलाडीहरुकाे उपस्थिति थियाे ।
लुम्बिनी प्रदेश सरकार र सत्यवति गाउँपालिकामा ठुलाे लुम्पेक डाँडामा कभर्डहल बनरपछि याे क्षेत्रका इनडाेर रुपमा खेल्न सकिने खेल हरुकाे विकासमा महत्त्वपूर्ण प्रगति भएकाे छ ।
मुख्य रुपले याे क्षेत्रका महिला र पुरुष खेलाडि हरु याे कभर्डहलमा ब्याडमिन्टन खेल्न जम्मा मात्र भएका छैनन कि ठुलाे लुम्पेक क्षेत्रमा ब्याडमिन्टन खेलामा स्तरीय खेलाडि उत्पादन हुन थालेका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology