बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशमा छिट्टै प्रहरी संरचना बन्ने बताएका छन् । सोमबार ६७औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले सो कुरा बताएका हुन् ।
नेपाल प्रहरीले सधै जनताको सेवामा काम गरिहरको बताउँदै उनले लुम्बिनी प्रदेशमा प्रहरी ऐन पारित भई सकेकोले अब लुम्बिनी प्रदेशमा छिट्टै प्रदेश प्रहरी निर्माण गरिने बताए ।
नेपाल प्रहरीले नागरिकको सुरक्षामा कतव्र्यनिष्ट भइ अगाडि बढ्नका अनुरोध गर्दै केसीले जनताको सेवा र अपराध अनुसन्धानमा लागेर नेपाल र लुम्बिनी प्रदेशमा शान्ति कायम गरेकोमा धन्यवाद ज्ञापन गरे ।
कार्यक्रम लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री तिलक राम शर्माकाले नेपाल प्रहरीले सधै जनताको सेवामा लाग्न अपिल गर्दै नेपाल प्रहरी जनताको साहराको रुपमा हुनु पर्ने बताए । उनले लुम्बिनी प्रदेशमा प्रहरी ऐन आई सकेकोले गर्दा त्यसलाई कार्य रुपपमा दिनका लागि सरकार लागि परेको उल्लेख गरे ।
कार्यक्रममा लुम्बिनी प्रहरीका प्रमुख नलप्रसाद अधिकारीले प्रहरी अधिकारीहरूलाई सेवामा निश्वार्थ भावले लाग्नका लागि निर्देशन दिएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology