Logo

२०८३, कार्तिक २७गते


images
images

सर्लाहीमा बस दुर्घटना, २३ जना घाइते

सर्लाहीमा बस दुर्घटना, २३ जना घाइते

images
  • सर्लाहीमा बस दुर्घटना, २३ जना घाइते
    images

    सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ मा सोमबार बिहान बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

    images
    images
    images

    घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका  बसका चालक दिपक बोहोराकी ३ वर्षीया छोरी प्रिन्स र बसका परिचालक झापाको मेचिनगर नगरपालिका ७ का २१ वर्षीय प्रदिप पुरीलाई उपचारका लागी झापा तर्फ पठाइएको छ ।

    images
    images
    images

    अन्य घाइतेहरुको गढिमाई अस्पतालमा उपचार भइरहेको छ ।
    काकडभिट्टाबाट भैरहवा तर्फ जाँदै गरेको बा ४ ख ३३७८ नम्बरको बस अनियन्त्रित भएर आज बिहान  पल्टिएको थियो । दुर्घटनामा घाइते भएकामध्ये ९ जना उपचार पश्चात घर फर्कि सकेका छन् । 

    images
    images

    चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ईश्वरपुर नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।