Logo

२०८३, आश्विन ९गते


images
images

प्रअसंग पालिकाको कार्यसम्पादन सम्झौता, न्युनतम अंक प्राप्त नगरे नियुक्ति खारेज हुने

प्रअसंग पालिकाको कार्यसम्पादन सम्झौता, न्युनतम अंक प्राप्त नगरे नियुक्ति खारेज हुने

images
  • प्रअसंग पालिकाको कार्यसम्पादन सम्झौता, न्युनतम अंक प्राप्त नगरे नियुक्ति खारेज हुने
    images
    images

    रुकुम पूर्व । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सिस्ने गाउँपालिकाले विद्यालयका प्रधानाध्यापक (प्रअ) संग करार सम्झौता गरेको छ । गाउँपालिकाले आधारभूत तथा माध्यामिक तहका प्रअसंग आइतबार ९ पृष्ठ लामो कार्य सम्पादन करार सम्झौता गरेको हो । 

    images
    images
    images

    गाउँपालिका भित्रका ३९ सामुदायिक विद्यालय मध्य ३२ विद्यालयका प्रअले सम्झौतामा हस्तार गरेका छन । ८ माध्यामिक, २१ आधारभूत र ३ बालविकासमा अध्यापन गराई राखेका प्रअहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मंगलसिंह बुढाले बताए । उनका अनुुसार सम्झौताको एक प्रति गाउँपालिकाले राखेको छ, भने एक प्रति सम्बन्धित विद्यालयका प्रअलाई दिइएको छ । 

    images
    images
    images

    विद्यालयका प्रअ तथा शिक्षकले तीन चरणमा कार्य सम्पादन गर्न सक्ने गरि सम्झौता गरेका छन । सम्झौता गर्न नआएका विद्यालयका प्रअसंग पनि सम्झौता गर्ने गाउँपालिकाले जनाएको छ ।
    एक महिनामा ४० अंकभारको काम गर्नुपर्ने

    images
    images
    images

    सम्झौता अनुसार नियूक्ति पाएको एक महिनामा १५ वटा काम गर्नुपर्ने छ । पूर्ण सरफाईका सात सूचकहरु पूरा गरि पूर्ण सरसफाई उन्मुख विद्यालय घोषणा गर्ने, निर्मित भौतिक संरचना पूर्ण रुपमा प्रयोग गरि सकेको हुनु पर्ने, शिक्षक, विद्यार्थी, र अभिभावकले पालना गर्नु पर्ने आचारसंहिता पालना गर्नुपर्ने, शिक्षक एक हप्ता मात्र विदा बस्न सक्ने र त्यो विदा सम्बन्धित प्रअले स्वीकृत गर्ने त्यो भन्दा बढि विदा माग भएमा विद्यालय व्यवस्थापन समितिमा आवश्यक निर्णय गरि गाउँपालिकामा पेश गर्ने गरि विद्यालयका प्रअले पालिकासंग सम्झौता गरेका छन  । 

    दैनिक र वार्षिक कार्ययोजना बनाई पठनपाठन तथा अत्तिरिक्त क्रियाकलाप सञ्चालन गर्ने, गाउँपालिकाले तयार पारेको शैक्षिक क्यालेन्डर हुबहु कार्यान्वयन गर्ने र विद्यालयमा रहेका शिक्षकहरुको कार्य विभाजन गर्नुपर्ने, विद्यालयमा शिक्षक तथा विद्यार्थी अनिवार्य पोशाकमा उपस्थित हुनु पर्ने, विद्यालय समयभित्र मोबाइल चलाउन नपाइने सम्झौतामा उल्लेख गरिएको छ । 

    सम्झौतामा उल्लेख भए बमोजिम हरेक दिन विहान २० मिनेट प्राथना र पिटि सञ्चालन गर्नुपर्ने, प्रत्येक कक्षामा कक्षा क्याप्टेन र सहायक क्याप्टेन नियुक्ति गर्नुपर्ने छ । माध्यामिक विद्यालयमा गाउँपालिकाको समन्वयमा अनिवार्य रुपमा सुरक्षा गाड नियुक्त गर्नुपर्ने, विद्यार्थीहरुमा निरन्तर मुल्याङकन पद्धति कार्यान्वयन गर्नु, विद्यालयमा कुनै शिक्षकले सट्टा शिक्षक राखेको भए हटाउन सम्झौतामा भनिएको छ । यि कामहरु सम्झौता भएको एक महिनाभित्र विद्यालयका प्रअ तथा शिक्षकले गर्नुपर्ने छ । गाउँपालिकाले यि कार्यहरु सम्पन्न गरे बापत विद्यालयका प्रअलाई ४० अंकभार दिइने छ । 

    ६ महिना ३० अंकभार

    यसैगरि सम्झौता भएको ६ महिनाभित्र ७ कार्यहरु प्रअले गर्नुपर्ने सम्झौतामा भनिएको छ । जसअनुसार विद्यालय सुधार योजना निर्माण गरि लागु गर्नुपर्ने, प्रत्येक चौमासिकमा अभिभावकहरुको वृहत भेला गराई सार्वजनिक सुनुवाई गर्नुपर्ने, एजेण्डामा आधारित रहि प्रत्येक महिनामा एक पटक स्टाफ मिटिङ र वि.व्य.स.को बैठक बसेको हुनुपर्ने, प्रत्येक दुई महिनामा एक पटक विद्यालयको समग्र अवस्थाको बारेमा गाउँपालिकामा प्रतिवेदन पेश गर्नुपर्ने पनि सम्झौता पत्रमा लेखिएको छ । पालिकाले तोके अनुसार सामाजिक लेखापरिक्षण र आर्थिक कारोबारको लेखापरिक्षण प्रतिवेदन पालिकामा पेश गर्नुपर्ने, गाउँपालिकाले निर्माण गरेका शैक्षिक क्यालेण्डर अनुसार अर्धबार्षिक र वार्षिक परिक्षा सञ्चालन गरि त्यसको नतिजा सम्बन्धित अभिभावकलाई जानकारी गराउने र गाउँपालिकाबाट विभिन्न शिर्षकमा विनियोजन हुने रकमको अभिलेख राख्नु पर्ने पनि सम्झौतामा उल्लेख गरिएको छ । 

    एक वर्षभित्रमा बाँकि ३० अंकभार

    यसैगरि सम्झौता भएको एक वर्ष भित्रमा विभिन्न ३१ कार्यहरु सम्पादन गर्नुपर्ने छ । 

    विद्यालयको शैक्षिक वातावरण, गुणस्तर र अनुशासन कायम राख्ने, विद्यार्थी उतिर्ण प्रतिशत तथा सिकाई उपलब्धी औषत कम्तिमा ६० प्रतिशत हुनुपर्ने, विद्यालयमा अतिरिक्त कक्षा टयुसन कोचिङ सञ्चालन गनूृपर्ने, शिक्षकको आचारण र कार्य सम्पादन पालिकामा जानकारी गराउनु पर्ने, कुनै शिक्षकले अध्यापन गरेको विषयमा लगातार तीन वर्षसम्म पन्ध्र प्रतिशत भन्दा बढी विद्यार्थी असफल भएमा वा कुनै शिक्षकले लापरबाहि वा अनुशासनहीन काम गरेमा त्यस्तो शिक्षकको दुई वर्षसम्म ग्रेडवृद्धि रोक्का गर्ने निर्णय तथा सम्झौता पनि प्रअसंग भएको छ । 

    विद्यार्थीलाई अपेक्षित शैक्षिक उपलब्धी हासिल हुने गरि झिकाउने, टिकाउने र सिकाउने दायित्व प्रअ र शिक्षकको हुनेछ सम्झौता पत्रमा भनिएको छ ।

    एक वर्षको अवधिमा पालिकाले प्रअसंग गरेको सम्झौता अनुासर कुल पूर्णाङ्ककको कम्तीमा ५० प्रतिशत अंक ल्याउन नसकेमा त्यस्तो प्रअको नियुक्ति खारेज गरी १० हजार देखि २५ हजारसम्म जरिवाना गरिनेछ प्रमुख प्रशासकीय अधिकृत विकास विक्रम शाह र सम्बन्धित विद्यालयका प्रअले हस्ताक्षर गरिएको सम्झौता पत्रमा भनिएको छ । सम्झौताले गाउँपालिका भित्रका सवै विद्यालयका प्रअ तथा शिक्षकलाई बाधेको जनता मावि पोखराका प्रअ कलु खड्काले बताए ।

    सामुदायिक विद्यालयको पनपाठनलाई व्यवस्थित र गुणस्तरिय बनाउन करा सम्झौता गरिएको शिक्षा तथा खेलकुद शाखा प्रमुख बुढाले बताए । सम्झौता अनुसारको कार्य सम्पादन प्रअबाट भए नभएको बारेमा पालिकाको टिमले अनुगमन नियमन तथाल मूल्याङ्कन गर्ने बुढाको भनाई छ । "पालिकाले सम्बन्धित प्रअसंग सम्झौता ग¥यो बुढाले भने प्रअले सम्बन्धित शिक्षकसंग सम्झौता गर्न सक्ने छन । उनले भने गर्नै पर्छ भन्ने छैन । हामिसंग भएको सम्झौता बमोजिमको काम गर्न बाधा परे शिक्षकसंग पनि सम्झौता गर्नुस् भनेका छौ ।"

    सम्झौतामा भएका बुँदाहरु कार्यान्वय गर्न गाउँपालिकाले आवश्यक बजेटको व्यवस्था गर्ने पालिका अध्यक्ष कृष्ण रेग्मीले बताए । सिस्ने गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि चाल आर्थिक वर्षको निति तथा कार्यक्रम र वार्षिक बजेटमा शिक्षालाई पहिलो प्रथमिकतामा राखेको उनको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।