एजेन्सी । अकाल, गरिबी, युद्ध र रोग । यस्ता कैयौँ कारण छन् जसले हाम्रो खानपानमा ठूलो परिवर्तन ल्याउँछ । निकै समस्यामा जेलिएका मानिसहरू बाँच्नका लागि माटो, मुसा, फालिएको हड्डी र जनावरको छाला खान बाध्य हुन सक्छन् ।
भिषण भोकमरी, कुपोषण र कम खाना पाउनु आजको संसारका केही भागमा हरेक दिनको चुनौती हो ।यो समस्या निकै ठूलो छ । विश्व स्वास्थ्य संगठनका अनुसार संसारमा कम्तीमा ८२.८ करोड मानिस हरेक रात भोकै सुत्छन् । र ३४.५ करोड मानिसहरु भिषण खाद्य असुरक्षामा जीवन गुजारिरहेका छन् । आइतबार (१६ अक्टुबर) मा विश्वखाद्य दिवस मनाईँदै छ ।
यसै अवसरमा बीबीसीले संसारका विभिन्न कुनाको समस्याबारे रिपोर्ट प्रकाशन गर्दै आएको छ ।
म मुसाको मासु मात्र किन्न सक्छु
दक्षिण भारतमा बस्ने रानी भन्छिन्, ‘म बालापनदेखि मुसाको मासु खाइरहेकी छु । मलाई स्वास्थ्यसँग सम्बन्धित कुनै समस्या छैन । म आफ्नी दुई वर्षकी नातिनीलाई पनि मुसाको मासु खुवाउँछु । हामीलाई यो बानी भइसक्यो ।’ ४९ वर्षीया रानी तमिलनाडुको राजधानी चेन्नई नजिकै बस्छिन् । जब उनी पाँच वर्षकी थिइन् उनले विद्यालय छोडिन् । भारतको जाती आधारित समाजमा रानीको समूदाय सधैँ तल नै रह्यो । र शताब्दीदेखि भेदभावको सामना गरिह्यो । रानी एक एनजीओमा काम गर्छिन् । उनी आफ्नो समूदायका मानिसलाई सहयोग गर्छिन् । यो एनजीओले बधुवा मजदुरीमा फसकेकालाई सहयोग गर्छ ।
रानीले बीबीससँग भनिन्, ‘हामी सधैँ शहरको कुनाबाट बाहिर बस्यौँ । मेरा बाबु र बाजे भन्थे कैयौँपटक खानका लागि उनीहरूसँग केही थिएन ।
यहासम्मकी कन्दमुल पनि । त्यो बेला मुसाको मासुबाटै हाम्रो समुदायलाई आवश्यक पोषण मिल्थ्यो । मैले सानै उमेरमा मुसा समातेकी थिएँ ।’ उनी अहिले हप्तामा कम्तीमा दुईपटक मुसाको मासु पकाउँछिन् ।
जनावरको छाला खान बाध्य
संयुक्त राष्ट्रसंघका अनुसार सोमालियामा अहिले घातक भोकमरीको छ । पछिल्ला ४० वर्षमा सबैभन्दा भिषण सुक्काले लाखौँ मानिसहरूलाई घर छाड्न बाध्य बनाएको छ । सात बच्चाकी आमा ४० वर्षीया शरीफो अलीले पनि आफ्नो घर छाड्नु पर्यो । उनी आफ्नो गाउँदेखि करिब २ किलोमिटर पैदल हिँडिन् ।
शाबेल क्षेत्रबाट निसिस्कएर उनी राजधानी मोगादिशुको बाहिरी क्षेत्रमा आइन् । उनले यात्राका क्रममा दिनमा एकपटक मात्र खाने गरेको बताइन् । उनले खाना कम भएपछि बच्चाहरूले मात्र खाने गरेको र आफूहरू भोकै सुत्ने गरेको बताइन् ।
राजधानीतर्फ आउँदा उनले कैयौँ हृदयविदारक दृष्य देखिन् । उनले भनिन्, ‘नदी पूर्ण रुपमा सुकेको थियो । हामी फोहोर पानी पिउँथ्यौँ । मैले बाटोमा सयौँ मरेका जनावर देखेँ । मानिसहरू जनावरको कंकाल र छाला खान बाध्य छन् ।’ उनीसँग २५ गाई र यति नै बाख्रा थिए । सुक्कामा सबै मरे । वर्षात् नभएपछि खेतीमा केही उत्पादन नभएको उनले बताइन् ।
हामी फालिएको छाला र हड्डीमा निर्भर छौँ । ब्राजिलको साओ पाउलोमा बस्ने ६३ वर्षीया लिंडीनाल्भा मारिया डा सिल्भा नासिमेन्टो पछिल्ला दुई वर्षदेखि स्थानीय कसाईले फालेको छाला र हड्डीमा निर्भर छिन् । यही खाएर उनी पेट भर्छिन् । उनीसँग पूरा दिनभरका लागि मात्र ४ डलर हुन्छ । यसैबाट उनले श्रीमान, एक छोरा तिनका दुई बच्चको खर्च चलाउनुपर्छ । उनी मासु किन्न सक्दिनन् ।
यस्तो अवस्थामा उनी कसाईसँग गएर हड्डी र कुखुराको छाला किन्छिन् ।
उनले भनिन्, ‘म हड्डी पकाउँछु, त्यसमा केही मासु पनि लागेको हुन्छ ।’ उनले कुखुराको छालालाई उमाल्ने र त्यसबाट आएको बोसो जम्मा गर्ने गरेको बताउँछिन् । त्यही बोसो उनी अन्य तरकारीका लागि भुटनमा उपयोग गर्छिन् । उनको जागिर महामारीका क्रममा गएको थियो । उनका छोरा पनि बेरोजगार छन् । ब्राजिल नेटवर्क फर फुड सेक्युरिटीको ताजा रिपोर्टका अनुसार ब्राजिलमा ३.३ करोडभन्दा धेरै मानिस भोकमरीको सिकार छन् । उनी भन्छिन्, ‘कुनै न कुनै दिन अवस्था सुधार होला भन्ने आशामा बाँचेका छौँ ।
विश्व खाद्य कार्यक्रमका अनुसार हाल संसार अझ धेरै भोको छ । यो गहिरिँदो समस्याको प्रमुख चार कारण रहेको विश्व खाद्य कार्यक्रमले जनाएको छ । हिंसक संघर्ष, जलवायु परिवर्तन, कोभोडि महामारीले पारेको आर्थिक प्रभाव र बबढ्दो मूल्य । यसको कारण हो ।
डब्ल्यूएफपीको २०२२ को एक रिपोर्टका अनुसार विश्व स्वास्थ्य कार्यक्रमको हरेक महिनाको खर्च ७.३६ करोड डलर छ । जो २०१९ को तुलनामा ४४ प्रतिशत धेरै हो । बीबीसीबाट
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology