Logo

२०८३, आश्विन ११गते


images
images

निर्वाचनमा लमजुङमा दुई हजार ४ सय सुरक्षाकर्मी खटिने

निर्वाचनमा लमजुङमा दुई हजार ४ सय सुरक्षाकर्मी खटिने

images
  • निर्वाचनमा लमजुङमा दुई हजार ४ सय सुरक्षाकर्मी खटिने
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लमजुङमा  दुई हजारभन्दा बढी सुरक्षाकर्मी खटिने भएका छन् ।लमजुङमा दुई  हजार तीन सय ७६ सुरक्षाकर्मी परिचालन गरिने लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।

    images
    images
    images

    प्रजिअ वैद्यका अनुसार सबैभन्दा बढी म्यादी प्रहरी एक हजार ९७ जना खटिनेछन् भने नेपाल प्रहरी ६ सय १२ जना, नेपाली सेना चार सय ६०, सशस्त्र प्रहरी एक सय ९७ जना र राष्ट्रिय अनुसन्धानका १० जना खटिनेछन् ।

    images
    images
    images

    लमजुङमा जिल्ला कारागार र जिल्ला समन्वय समिति अस्थायीसहित एक सय ३० मतदानस्थल छन् । कारागार र समन्वय समिति अस्थायीसहित एक सय ८८ वटा मतदान केन्द्र छन् । 

    images
    images
    images

    लमजुङमा जम्मा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेका छन् । जिल्लामा ६८ हजार दुई सय ८८ महिला मतदाता रहेका छन् भने ६५ हजार दुई सय ७१ पुरुष मतदाता रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।