Logo

२०८३, कार्तिक २६गते


images
images

खाद्य स्वच्छता अभिवृद्वि सम्बन्धी अन्तरक्रिया कार्यक्रम

खाद्य स्वच्छता अभिवृद्वि सम्बन्धी अन्तरक्रिया कार्यक्रम

images
  • खाद्य स्वच्छता अभिवृद्वि सम्बन्धी अन्तरक्रिया कार्यक्रम
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । ‘स्वच्छ सन्तुलित आहार, स्वस्थ्य जीवनको आधार’ भन्ने मूल नाराका साथ खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय चितवन, उद्योग वाणिज्य संघ–चितवन र किराना व्यवसायी संघ चितवनको संयुक्त आयोजनामा आज खाद्य स्वच्छता अभिवृद्विसम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images
    images

    कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले बेलाबेलामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट अनुगमन भइरहने र व्यवसायीहरुलाई खाद्य गुणस्तरसम्बन्धी आवश्यक कुराहरु खाद्य लेबल, गुणस्तर, ब्रान्ड, मिश्रण आदिका साथै खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयका नीति नियमहरुबारेमा जानकारी हुन आवश्य रहेको बताए ।

    images
    images
    images

    कार्यक्रममा किराना व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष एवं उद्योग वाणिज्य संघ चितवनका कार्यसमिति सदस्य रवीन्द्रकुमार श्रेष्ठले व्यवसायीहरुलाई विभिन्न समयमा अनुगमन गरी जरिवाना लगाइँदै आएको र के गर्दा जरिवानामा परिँदैन भन्ने कुराकोे जानकारी गराउन कार्यक्रम आयोजना गरेको बताए ।

    images
    images

    कार्यक्रममा प्रमुख प्रस्तोता एवं खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय चितवन कार्यालय प्रमुख घननाथ अधिकारीले खाद्य स्वच्छता र गुणस्तर तथा खाद्य ऐन, नियमका बारेमा व्यवसायीलाई जानकारी गराएका थिए ।

    कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्षत्रय चिरञ्जीवी सुवेदी र राजेन्द्र ओली, शिरिष पन्त, कार्यसमिति सदस्य राजन पिया, वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधि, किराना व्यवसायी संघका कार्यसमिति एवं पूर्वअध्यक्ष र व्यवसायीसहित ७० जनाको उपस्थिति रहेको थियो । 

    किराना व्यवसायी संघ चितवनका अध्यक्ष हरिराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।