Logo

२०८३, कार्तिक २६गते


images
images

लागु औषध सहित चार जना पक्राउ

लागु औषध सहित चार जना पक्राउ

images
  • लागु औषध सहित चार जना पक्राउ
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । चितवनमा ठुलो मात्रामा लागु औषध सहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहारका ३८ वर्षिय सुनिल कुमार, १९ बर्षिय बिकास कुमार , ५० वर्षिय राजन ठाकुर र बाराको गढीमाई नगरपालिका वडा नम्बर १९ की ३५ वर्षिया प्रतिमा मण्डल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता विजयराज पण्डितका अनुसार उनीहरुलाई आज बिहान ११ः १० वजे भरतपुर बसपार्क चोकबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुको साथबाट १ हजार एम्पुल डाइजेपाम, १ हजार एम्पुल व्युप्रिनर्फिन, फेनारगन १ हजार एम्पुल र १४० मिलिग्राम खैरो हेरोईन फेला परेको उनले जानकारी दिए । 

    images
    images
    images

    यस्तै मोवाईल चार थान, डिएल ७ सिएम १५७६ नम्बरको भारतीय कार समेत बरामद गरिएको र उनीहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    images
    images

    शुक्रबार बिहान ११:१० बजे वीरगन्जबाट नारायणगढतर्फ आईरहेको भारतीय कारमा लागु औषध ओसारोपोसार भई भन्ने सूचनाको आधारमा प्रहरी निरीक्षक सुवास भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले डिएल ७ सिएम १५७६ नम्बरको कार चेकजाँच गर्दा उक्त लागु औषध फेला परेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।