Logo

२०८३, कार्तिक २६गते


images
images

जुम्लाका ठाउँठाउँमा पहिरो पन्छाउँदै सुरक्षा निकाय र स्थानीय सरकार

जुम्लाका ठाउँठाउँमा पहिरो पन्छाउँदै सुरक्षा निकाय र स्थानीय सरकार

images
  • जुम्लाका ठाउँठाउँमा पहिरो पन्छाउँदै सुरक्षा निकाय र स्थानीय सरकार
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । अविरल वर्षाका कारण जुम्लाकाे जनजीवन प्रभावित बनेकाे छ । जुम्ला सडक खण्डमा ठाउँठाउँमा ठूलो पहिरो गएको छ ।बाढी पहिरोले जुम्ला-कालिकोट खण्डको कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध हुँदा एक सातादेखि यहाँको आवागमन  बन्द छ । 

    images
    images
    images

    कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्थानीयकाे दैनिकी कष्टकर बनेको छ ।

    images
    images
    images

    नन्दबक्स गणका गणपति रविन थापाका अनुसार जुम्लाको तिला गाउँपालिका रारालिहीमा तीन किलोमिटर खण्डमा पहिरो गएको छ । जसकारण राजमार्ग अवरुद्ध भएको छ । 

    images
    images

    सो क्षेत्रमा सडक डिभिजन कार्यालय, स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको निगरानीमा राजमार्ग खुलाउने काम भइरहेको छ । 

    त्यो क्षेत्रमा सशस्त्र प्रहरीका एसपी चित्रंगत दाहाल, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख नरेन्द्र चन्दसहितका सुरक्षा निकाय प्रमुख खटिएका छन् ।

    कर्णाली राजमार्गको रारालिहीमा तीनवटा स्काभेटर लगातार काम गरिरहेका छन् । ब्रेकरले समेत काम गरे पनि ठूलो ढुंगा खसेकाले ब्लाष्टिङ गर्नुपर्ने अवस्था आएको नन्दबक्सका गणपति थापाले बताए । 

    सेनासहित सुरक्षा निकाय प्रमुखहरू राजमार्गमा खटिएका छन् ।
    नाग्म-गमगडी राजमार्गको ८ देखि १० स्थानमा पहिरो गएर सडक अवरुद्ध भएको छ । हिमा गाउँपालिका नाग्म गमगडी राजमार्गको भूगोलपाटा, बाजागाडा, बड्की, देवारगाउँ, आचार्यलिहीमा पहिरो गएको छ । 

    त्यस क्षेत्रमा स्थानीय तहको सक्रियतामा सडक सुचारु गरिएको छ ।

    सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सिंजामा सडक सुचारु गर्न स्काभेटरले काम भइरहेको बताए । उनका अनुसार हिमा क्षेत्रमा बढी पहिरो गएको छ ।

    कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यका अनुसार कनकासुन्दरी क्षेत्रको राजमार्गमा स्थानीय तहले स्काभेटर लगाएर काम अघि बढाएका छन् ।

    हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले हिमा गाउँपालिकामा क्षेत्रमा पहिरो पञ्छाउने काम भइरहेको बताए  । 
    उनका अनुसार केही स्थानमा बाटोको निसाना नै नभएकाले नयाँ बाटो खोल्ने काम भइरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।