Logo

२०८३, कार्तिक २७गते


images
images

गुल्मीका सबै निर्वाचन क्षेत्र र पालिकामा एमालेको निर्वाचन कार्यालय 

गुल्मीका सबै निर्वाचन क्षेत्र र पालिकामा एमालेको निर्वाचन कार्यालय 

images
  • सेतोमसी सहकर्मी
  • गुल्मीका सबै निर्वाचन क्षेत्र र पालिकामा एमालेको निर्वाचन कार्यालय 
    images

    कृष्ण अन्जान, गुल्मी । सँघिय र प्रदेशका लागि मनाेनयन दर्ता गरिसके पछि यतिबेला गुल्मीका  राजनीतिक दलहरु जनतासँग अन्तरकृया तथा छलफलमा  जुटेका छन ।

    images
    images
    images

    गाउँघरमा जनतासँगकाे पुगेर जनसम्पर्क त गरिएकै छ सँगै पार्टीका निर्वाचन परिचालन कमिटीका कार्यालय हरुपनि स्थापना गर्ने कार्य शुरु गरिएकाे छ ।

    images
    images
    images

    यसैक्रममा गुल्मीका सम्पूर्ण सँघिय, प्रदेश, पालिका, वडाहरुमा शुक्रवार एकैदिन निर्वाचन परिचालन कमिटीका कार्यालय स्थापना गरिएकाे छ ।

    images
    images

    नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका निर्वाचन परिचालन कमिटी क्षेत्र न १ का सँयाेजक हिमाल श्रेष्ठबाट प्राप्त जानकारी अनुसार क्षेत्र १ का  ५० र २ का ४३ गरि ९३ वटा वडा हरुमा एमालेले एकैदिन निर्वाचन परिचालन कमिटीका कार्यलय स्थापना गरेकाे छ ।

    यसैगरी १२ वटा पालिका दुईवटा सँघिय क्षेत्र,४ वटा प्रदेश निर्वाचन क्षेत्रका निर्वाचन परिचालन कार्यालय स्थापना गरिएकाे छ ।

    सँघिय निर्वाचन क्षेत्र १ काे कार्यालय रिडीबजारमा स्थापना भएकाे छ भने प्रदेश १ क काे  सत्यवतिकाे खैरेनी  प्रदेश १ ख  काे निर्वाचन परिचालन कमिटीको कार्यालय  छत्रकाेटकाे भेँडुवामा स्थापना भएकाे छ ।
    यसै गरि निर्वाचन क्षेत्र न २ काे कार्यालय सदरमुकाम तम्घासमा र क्षेत्र न २ काे क काे सिमलटारी मा र ख काे कार्यालय इस्माकाे छल्दिक्षेत्रमा स्थापना गरिएकाे एमाले  सचिवालय सदस्य श्रेष्ठले बताए ।

    एकैदिन जिल्ला भरि एकसय ६ वटा निर्वाचन परिचालन कमिटीका कार्यालय स्थापनाका क्रममा आफ्नो सम्पूर्ण सँयन्त्र परिचालन गर्दै वडा निर्वाचनकाे प्रचार प्रसारलाई तिव्रता दिएकाे र सम्पूर्ण टाेल, वडा, पालिका, सबै निर्वाचन क्षेत्रमा पार्टीका सम्पूर्ण निकाए चलाएमान बनाईएकाे र मुख्यत जनता सँगकाे जनसम्पर्क र अन्तरकृयालाई प्राथमिकतामा राखेकाे श्रेष्ठले बताए ।

    सुखि नेपाली र समृद्ध नेपालकाे अभियानकाे निरन्तरतामा एमालेले आफ्नो निर्वाचन अभियान केन्द्रिकृत गरेकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।