Logo

२०८३, कार्तिक २७गते


images
images

बजिमयको निधनले शोकमा रिडीबजार  

बजिमयको निधनले शोकमा रिडीबजार  

images
  • सेतोमसी सहकर्मी
  • बजिमयको निधनले शोकमा रिडीबजार  
    images

    कृष्ण अन्जान ।  एकाबिहानैदेखि चहलपहल देखिने रिडी बजार मंगलबार सुनसान छ। केही दिन देखि आकाश रोई रहेछ, आकाशले झारेको आँसु सँगै  रिडीबजारले पनि आँसु झार्यो । मान्छे त्यसै कहाँ रुन्छ र जब मन भित्रबाट पीडा प्रष्फुटन हुन्छ अनि आँखा रसाउँछन् । यतिबेला बजार शोकमा डुबेका छ। रिडीबजारका अभिभावक केशरमान बजिमय अब  रहेनन् । वामपन्थी आन्दोलनका खम्बा बजिमय यस्ता व्यक्ति हुन कि रिडीका सामाजिक, शैक्षिक, साँस्कृतिक, र मानवीय लगायत हरेक क्षेत्रमा उनको नाम जोडिएको छ ।
    लामो समय देखि उपचाररत बजिमयको सोमबार निधन भएको खबरले रिडीबजार शोकमा डुब्यो । मँगलवार अपरान्ह उनको पार्थिव शरीर उनको निवास ल्याई पुर्याउँद यो क्षेत्रका सयौँ शुभचिन्तक, आफन्त, विभिन्न राजनैतिक दलका नेता कार्यकर्ता र सर्वसाधारणको ठुलै भिड  जम्मा भइसकेको थियो । शवयात्रा पश्चात कालिगण्डकी घाटमा नेकपा एमालेका केन्द्रिय उपमहासचिव प्रदिप ज्ञवालीले कम्युनिस्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै कम्युनिस्ट आन्दोलन सँगै हरेक क्षेत्रमा केशरमान बजिमयले पुर्याउनु  भएको योगदानको  स्मरण गर्दै वहाँका अधुरा सपनाहरू पार्टीले पूरा गर्ने बताए ।

    images
    images
    images

    स्वर्गीय बजिमय बिक्रम सम्वत् २०२६ सालदेखि नेकपा माले हुँदै हालसम्म नेकपा एमालेमा अवच्छिन्न रुपमा लाग्नु भएका यो  क्षेत्रमका कर्तव्य निष्ठ वामपन्थी नेता भएको  पार्टी निकटले बताउछन् । साविक रुरुक्षेत्र गाउँपालिकाको एक कार्यकाल उपाध्यक्ष र कार्यकाल अध्यक्ष रहि सकेका छन् । जुनसुकै बेला रिडीबजारको  विकासमा चिन्तित देखिने बजिमयले बारम्बार भन्ने गरेको एउटा शब्द "जतिजति बेला धुमधामले केही फड्को मार्न खोज्छ त्यतिबेला केही न केही ठुलै आँधिहुरी आउँछ त्यो अमूर्त कुरा तर्फ केन्द्रित रहेपनि रिडीबजार प्रतिको बजिमयको  माया बोलेको  स्थानीय बासीहरूले सम्झिन्छन् । सधैँ रुरुधामको विकासमा दिलो ज्यानले खटेका  स्वर्गीय बजिमतको  निधनले यो  क्षेत्रमा ठुलो   विकास अभियन्ताको  अभाव सधैँ खट्किरहने रिडीवासीहरुको भनाई छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रिडी बजार
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।