लोक प्रसाद छन्त्याल, गुल्मी । गुल्मी मुसिकोट नगर पालिकाको केन्द्र रहेको वामीटक्सार बजार स्थित वामी बिश्व सम्पर्कमंचको योजनामा दुई दिने नौमती बाजा महोत्सव सुरु भएको छ। नौमती बाजा महोत्सव कार्यक्रम तेस्रो पटक हुन लागेको हो।
पश्चिमेली सभ्यताको प्रभावले पौराणिककाल देखी चलिआएको शुभकार्यमा बजाइने परम्परा रहिआएको पन्चे बाजा तथा नौमती बाजा बजाईने शुभ पहरको रागसंगै बाजागाजा लोप हुन नदिन महोत्सव आयोजना गरिएको हो ।
नौमती बाजा बाध्यवादकले बजाउने विभिन्न शुभ पहर तथा रागलाई जीवन्त राख्न वामी बिश्व सम्पर्क मंचले यस्तो योजना लिएको आयोजकले जनाएको छ।
कार्यक्रमका आयोजक तथा विश्व सम्पर्क मंचका संयोजक बैकुण्ठ रायमाझीको अनुसार बाध्यवादक टिममा सहभागी भए बापत प्रत्येकलाई ७ हजार ७ सय ७७ नगद दिईने छ । त्यसैगरी पहिलो हुनेलाई ५५ हजार ५ सय ५५, दोस्रो हुनेलाई ४४ हजार ४ सय ४४ र तेस्रो हुने बाजा समुहलाई ३३ हजार ३ सय ३३ पुरस्कार घोषणा गरिएको रायमाझीले बताए ।
प्रतियोगितामा नौमती बाध्यवादक कलाकारहरुलाई गीतको भाका रोज्न दिने सोही भाकाको तालमा जुनसुकै ईच्छुक कलाकारहरु नृत्य गर्ने र नृत्य कलाकारहरुलाई पनि महिला/ पुरुष दुबैलाई अलगअलग प्रथम हुनेलाई १० हजार १ सय ११, दोस्रोलाई ७ हजार १ सय ११ तथा तेस्रो हुनेलाई ५ हजार १ सय ११ पुरस्कारको ब्याबस्था गरिएको आयोजकले जनाएको छ ।
यो कार्यक्रमका लागी पुरस्कारको धनरासी वैदेशिक रोजगारमा गएका वामीबासीहरुको सौजन्य रहेको आयोजकको भनाइ छ।
नौमती बाजा महोत्सवमा दोहोरो प्रतिस्पर्धाका लागी बाग्लुङ बोंङगाडोवान गाउँपालिका, ढोरपाटन नगरपालिकादेखि गुल्मीका नौमती बाजा समुह गरि करिब १८ टिम नौमती समुहको नाम दर्ता भएको छ।
वामी विश्व सम्पर्क मंछ वि. सं. २०६९ मा स्थापना भएको थियो ।मंचले स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology