Logo

२०८३, आश्विन ११गते


images
images

प्रतिनिधि सभा तर्फ कास्कीका सबै क्षेत्रमा गठबन्धनका उम्मेदवारी

प्रतिनिधि सभा तर्फ कास्कीका सबै क्षेत्रमा गठबन्धनका उम्मेदवारी

images
  • प्रतिनिधि सभा तर्फ कास्कीका सबै क्षेत्रमा गठबन्धनका उम्मेदवारी
    images
    images

    राजेश पराजुली, पोखरा । कास्कीको ३ वटै निर्वाचन क्षेत्रमा बागी उम्मेदवारी परेको छ ।  प्रतिनिधि सभा तर्फ कास्कीको १, २ र ३ वटै क्षेत्रमा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको हो । 

    images
    images
    images

    क्षेत्र नं. ३ मा भने एमालेका उम्मेदवारविरुद्ध पनि बागी उम्मेदवारी परेको छ ।
    कास्कीको क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एकीकृत समाजवादीका घननाथ सापकोटाले गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति किशोरदत्त बरालविरुद्ध बागी उम्मेदवारी  दिएका छन ।युवा नेतृत्वबाट मात्र यो देशको बिकास सम्भव हुने तथा देश र जनताका वास्तविक समस्याहरुको समाधान गर्न सक्ने आँट युवामा मात्र हुने भएकाले आफुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको सापकोटाको भनाइ छ । 

    images
    images
    images

    सापकोटा एकीकृत समाजवादीका मादी गाउँपालिकाका अध्यक्ष हुन।           

    images
    images
    images

    कास्कीको क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका पुराना नेता महादेव गुरुङले गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य श्रीनाथ बरालका विरुद्ध बागी उम्मेदवारी दिएका छन।

    पूर्व राज्यमन्त्री समेत भएका गुरुङले आफु क्षेत्र नं. ३ को बासिन्दा भए पनि गठबन्धन विरुद्धको विद्रोह भन्दै क्षेत्र नं. २ मा स्वतन्त्र उम्मेदवारी दिएको हो । 

    कास्की–३ बाट समानुपातिक सिफारिसमा परेका गुरुङको बन्द सूचीमा भने नाम परेको छैन ।                                                              

    कास्कीको क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका लागि माओवादी आन्दोलनका सहिद परिवारकी सदस्य अनिता भुर्तेलले बागी उम्मेदवारी दिएकी छन । 

    गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार रामजी बराल (जिबन) का विरुद्ध उनको बागी उम्मेदवारी परेको हो ।माओवादी आन्दोलनका क्रममा सेनाको गोली लागेर बाबुआमा दुवै गुमाएकी भुर्तेलले सहिद परिवारको अपमान गरिएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएकी उनले शनिबार नै सामाजिक संजालमार्फत आइतबार  सहिद परिवारको तर्फबाट आफ्नो उम्मेदवारी रहने जानकारी गराएकी छन।

    यसैगरी क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार दामोदर बैरागीविरुद्ध पनि बागी उम्मेदवारी परेको छ । 

    एमालेका प्रदेश सचिवालय सदस्य जगन्नाथ बास्तोलाले बैरागीविरुद्ध बागी उम्मेदवारी  दिएका छन।आफुले प्राप्त गर्ने टिकट खोसेर जिल्ला अध्यक्षमा मनबहादुर गुरुङसँग पराजित भएका बैरागीलाई दिएको भन्दै बास्तोलाले असन्तुष्टि जनाउदै स्वतन्त्र उम्मेदवारी दिएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।