कृष्ण अन्जान, गुल्मी । अविरल वर्षका कारण गाेठ भत्किँदा गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा न १ च्यूरेक मा क्षति भएकाे छ ।
रुरुक्षेत्र गाउँ पालिका वडा न १ ठाडाबाट राताखर्कका ऋषिराम ज्ञवालीकाे एकनाले गाेठ भत्किँदा व्याउने भैसी र थाेरेपाडि च्याँपिएर मरेकाे स्थलगत अवलाेकन पछि रुरुक्षेत्र गाउँ पालिका वडा न १ का वडा सदस्य घनस्याम ज्ञवालीले जानकारी दिए ।
एघार बजेकाे समयमा गाेठ भत्किएकाे बताईन्छ ।
लामाे समय गाउँबाहिर बसेर करिब तीन वर्ष देखि आफ्नै गाउँमा फर्केर बाबुबाजेकाे जायजेथामा पशुपालन तथा परम्परावादि शैलिकाे खेतिमा रमाउँदै आएका ऋषिराम ज्ञवाली याेग गुरु र आयुर्वेदका ज्ञाता हुन ।
बाल ब्रम्हचारीकाे रुपमा रहेका ज्ञवालीले ग्रामीण क्षेत्रमा फर्केर पुनर्जागरणकाे कार्य गरिरहेका छन । भैँसि पालेर मनग्ये घिउ उत्पादन गर्नुका का साथै जरिबुटि काे समेत खेति गर्दै आएका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology