Logo

२०८३, कार्तिक २६गते


images
images

भिमादस्थित श्रृगपथ सडकखण्ड भासिँदा तनहुँसहित चार जिल्लाको आवागमन ठप्प

भिमादस्थित श्रृगपथ सडकखण्ड भासिँदा तनहुँसहित चार जिल्लाको आवागमन ठप्प

images
  • भिमादस्थित श्रृगपथ सडकखण्ड भासिँदा तनहुँसहित चार जिल्लाको आवागमन ठप्प
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । तनहुँको भिमादस्थित श्रृगपथ सडक खण्ड भासिँदा तनहुँसहित चार जिल्लाको आवागमनमा ठप्प भएको छ ।

    images
    images
    images

    गत मङ्गलबार साँझदेखि परेको अविरल वर्षाले जिल्लाको घिरिङ्ग गाउँपालिका–५ देउराली नजिकको सडक भासिँदा तनहुँको ऋषिङ, घिरिङसहित स्याङ्जा, पाल्पा र नवलपरासी गुड्ने सवारीसाधन रोकिएका हुन् ।

    images
    images
    images

    दुईपाङ्ग्रे सवारीबाहेक ठूला सवारी गुड्न नसक्दा चाडपर्वका समयमा टीका लगाउन आवतजावत गर्नेले सास्ती भोग्नुपरेको छ ।

    images
    images

    गाडी नचलेपछि मानिसहरु लामो दूरी पैदल हिँडेर भएर पनि आफन्त, इष्टमित्र र मान्यजनको हातको टीका थाप्न जान बाध्य भएका छन् ।

    उक्त सडकबाहेक वैकल्पिक मार्गका रुपमा रहेको भिमाद, ऋषिङपाटन हुँदै ऋषिङ भञ्ज्याङदेखि घिरिङ देउराली जान सकिने भए पनि ठाउँठाउँमा पहिरो खसेर अवरोध भएकाले सम्भव नदेखिएको बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।