Logo

२०८३, कार्तिक २७गते


images
images

शौचालयमा लडेर एमाले पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको मृत्यु

शौचालयमा लडेर एमाले पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको मृत्यु

images
  • शौचालयमा लडेर एमाले पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको मृत्यु
    images

    काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पहिलो संविधानसभाका सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ 

    images
    images
    images

    ढुंगेलको आज काठमाडाैं गोठाटारस्थित आफ्नै निवासको शौचालयमा लडेर निधन भएको एमालेका नेता जीवी खड्काले बताए ।

    images
    images
    images

    परिवारका सदस्य बर्दिबास गएकाले ढु‌ंगेल घरमा एक्लै थिए । अहिले एमाले ओखलढुंगाका नेता कार्यकर्ता र पारिवारिक सदस्यहरू उनको निवासमा भेला भएका छन् । शव ट्वाइलेटमै रहेको र प्रहरी पनि बोलाइएको खड्काले बताए ।

    images
    images

    लामो समय जेलमा रहँदा उनलाई ढुंगेल मिर्गौलासहित विभिन्न रोगबाट पीडित थिए ।

    नेकपाको एकता भंग हुँदा उनी माओवादीमा नगएर एमालेमा नै बसेका थिए ।

    ढुंगेल पहिलो संविधानसभा निर्वाचनमा माओवादी केन्द्र ओखलढुंगा क्षेत्र नम्बर २ बाट सभासद् भएका थिए ।

    उनलाई २०६६ सालमा सर्वोच्च अदालतले ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय दिएको थियो । त्यतिबेला सर्वोच्चले जिल्ला अदालतकै फैसला सदर गरेको हो ।

    सर्वोच्चबाट जन्मकैदको फैसला भए पनि उनले २०७४ सालमा आम माफी पाएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।