Logo

२०८३, कार्तिक २७गते


images
images

ज्ञवाली र भण्डारी दुबैलाई भोट मागेका अर्यालको गुल्मीमा स्वतन्त्र उम्मेदवारी

ज्ञवाली र भण्डारी दुबैलाई भोट मागेका अर्यालको गुल्मीमा स्वतन्त्र उम्मेदवारी

images
  • ज्ञवाली र भण्डारी दुबैलाई भोट मागेका अर्यालको गुल्मीमा स्वतन्त्र उम्मेदवारी
    images

    माधव ज्ञवाली, गुल्मी । गुल्मी क्षेत्र नम्बर १ मा रुरुक्षेत्र गाउँपालिका वडा न.२ का ५२ बर्षिया भुवनेश्वर अर्यालले आफ्नो स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्  एमाले उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र काँग्रेस नेता चन्द्र भण्डारीलाई आगामी निर्वाचनमा चुनौती दिदै अर्यालले उम्मेदवारी घोषणा गरेका हुन्  ।

    images
    images
    images

    गत स्थानीय तहको चुनाव सम्म नेकपा माओवादी केन्द्रमा रहेका अर्यालले सो पार्टीबाट पुर्णरुपमा राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । स्थानीय तहको निर्वाचनमा रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीलाई जिताउन निकै कम्मर कंसेर लागेका अर्याल एकाएक स्वतन्त्र भएर निर्वाचन लड्न खोज्दा एक किसिमको तरंग छाएको छ।

    images
    images
    images

    अर्याल भन्छन्," मैले माओवादी पार्टीबाट पुर्णरुपमा राजिनामा गरेको छु, दशकौंदेखिको सिंडेकेट रोक्न यो उम्मेदवारी दिएको छु।" अर्यालले वि.स २०५६, वि.स २०६६ र वि.स २०७४ सालको चुनावमा सोही निर्वाचन क्षेत्रमा नै नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीलाई र  वि.स २०७० सालको चुनावमा कांग्रेस नेता चन्द्र भण्डारीलाई जिताउन सक्रिय भएर भोट मागेका थिए।

    images
    images

    आफुको कसैसँग गुनासो नभएको र गएका चुनावमा ज-जसलाई जितानुपर्छ भनेर अभियान चलाएता पनि कसैको एक कप रातो चिया सम्म नखाएको बरु सबैलाइ सक्दो सत्कार गर्ने गरेको उनले बताए ।

    उनी भन्छन्," राष्ट्र र समाजको निमित्त आवाज बुलन्द गर्न बाहेक मैले केही पनि दिन सक्दिन, मैले यो कदम अवसरको लागि चालेको किन पनि हैन भने अवसरको सम्भावना आज गठबन्धनमा छ हिजो एमालेमा थियो।" देशले एउटा रक्पात बिहिन क्रान्ति खोजेको उनले बताए। धेरै बर्ष देखि एकछत्र राज गरिरहेको तर जनताको मन जित्न नसकिरहेको परिस्थितिमा केही नयाँ सोछ लिएर आफू मैदानमा आएको उनको दाबी छ।

    अर्यालले पूर्वजहरुले राष्ट्रहितलाई सर्वोपरी राखेर निर्माण गरेका विकासका आधारशिलाहरुलाई परिस्कृतरुपमा उपयोग गर्ने विषयलाई मुख्य एजेण्डा बनाएका छन् ।

    बीपी कोइराला, मनमोहन अधिकारी, मदन भण्डारी, कृष्णप्रसाद भट्टराईलगायत अग्रज नेताहरूको योगदानको उच्च सम्मान गर्दै, निषेधको राजनीतिलाई मेलमिलाप र श्रृजनशीलतामा रुपान्तरण गर्ने,असँलग्न परराष्ट्र नीतिलाई कार्यान्वयन गर्दै दुई छिमेकी राष्ट्रको सुरक्षा चासोलाई बराबर महत्व दिएर नेपालको उच्च छविलाई कायम राख्ने उनको एजेन्डा  छ ।

    उनि भन्छन् ,‘राष्ट्रिय अर्थतन्त्रको निम्ति उत्पादनशील र पूर्वाधार विकासका क्षेत्रमा मात्र विदेशी ऋणको उपभोग गर्ने र सहकारीमार्फत सामूहिक कृषि प्रणालीलाई अघि बढाइने छ ।’

     

    अस्थाई रुपमा बुटवल उपमाहानगर पालिका वाड ४ मैत्रीपथ  बस्दै आइरहेका अर्याल  उद्यमशिलता, दिगो बिकास र वातावरण संरक्षण लगायतमा आफुलाई रुचि रहेको बताउँछन् । त्रिचन्द्र क्याम्पसबाट (भौतिक शास्त्र, रसायन शास्त्र र गणितबाट ) बि.एस.सी गरेका उनले  बुटवल बहुमुखी क्याप्पसबाट बि.एड गरेका छन् । 

    ३ दिने  उद्यमशिल बिकास- (रुपन्देही उद्योग संघ), १० दिने आवासीय सहकारी ब्यवस्थापन तालिम,( राष्ट्रिय सहकारी प्रशिक्षण प्रतिष्ठान ), ५ दिने आवासिय सहकारीका सञ्चालकहरुको क्षमता अभिवृद्धि  तालिम  समेत लिएका अर्याल शिक्षण पेसामा पनि आबद्ध भएका थिए।

     सरस्वति मा. बि लिम्घा, ग्वादी मा.वि ग्वादि, ब्राइट ल्याण्ड स्कुल नेपालगञ्ज, एभरेस्ट माबि बुटवल र न्यु होराइजन बुटवल गरि दस बर्ष माध्यमिक बिद्यालयमा शिक्षक भई काम गरेको अनुभव उनिसंग छ।

    अर्यालले पूर्व गृह तथा उपप्रधानमन्त्री बामदेव गौतमको स्वकिय सचिब भई काम गरिसकेका छन् भने पूर्व स्थानीय विकासमन्त्री युवराज ज्ञवालीको स्वकिय सचिव भई काम गरेको अनुभव उनले लिएका छन् ।

     जनचेतना बचत तथा ऋण सहाकरी लि. को संस्थापक अध्यक्ष भई दुई कार्यकाल  काम गरेका अर्याल एक कार्यकाल ग्वादी माध्यमिक विद्यालय गुल्मीमा  ब्यवस्थापन समितिको  अध्यक्ष भएर काम गरेका थिए। त्यस्तै अदुवा सहकारी संघ गुल्मीको सचिव, मेचीकाली बहुउद्देश्यीय सहकारी संस्था लिं रुपन्देहीको एक कार्यकाल सञ्चालक समितिको सदस्य,सामूहिक बिकास बचत तथा ऋण सहकारी संस्था लि. को एक कार्यकाल बोर्ड सदस्य समेत रहेका अर्याल समसामयिक बिषयमा निरन्तर अध्ययन र लेखन पनि गर्ने गर्छन् । 

    हाल  उनि युनिभर्सल जनरल सप्लायर्स/ युनिभर्सल छपाई उद्योग बुटवल का प्रोप्राइटर छन्  भने   बुढानिलकण्ठ प्रेस प्रा.लिला डाइरेक्टरको रुपमा काम गर्दै आइरहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुरुक्षेत्र गाउँपालि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।