Logo

२०८३, आश्विन ११गते


images
images

'आर्थिक कारणले संस्कृति लोप हुनसक्ने'

'आर्थिक कारणले संस्कृति लोप हुनसक्ने'

images
  • 'आर्थिक कारणले संस्कृति लोप हुनसक्ने'
    images
    images

    झापा । दसैँको रमझमले यतिखेर जताततै धपक्क छ । मीठो खाने र राम्रो लगाउने पर्वको रूपमा लिइने दसैँमा नेपालमा विभिन्न जातिको आ-आफ्नै विशेषता र विविधता पाइन्छ । पूर्वी तराई झापा र मोरङमा बाहूल्य रहेको सन्थाल जातिहरूले दसैँलाई पृथक ढंगले मनाउँछन् । 

    images
    images
    images

    सप्तमीदेखिनै परम्परागत नृत्य दासाई (दसैँ नाच) मा रम्छन् उनीहरू । प्रकृतिपूजक आदिवासीका रूपमा रहेका सन्थाल जातिहरूले आफ्नो रीतिरिवाज कायम राख्न दासाई नृत्य प्रस्तुत गर्छन् । यस किसिमको परम्पराले समाजमा फरकपन अनुभूति हुने एवम् चाडपर्वमा रौनकता थपिने स्थानीय बताउँछन् । 

    images
    images
    images

    दसैँतिहारमा लाग्ने विभिन्न मेला, हाटबजारमा दसाईले रमाइलो पनि बनाएको छ ।

    images
    images
    images

    अल्पसंख्यक जाति मानिने सन्थाल दासाई नृत्य केही समयअघि लोपोन्मुख रहेकोमा पछिल्लो समय झन् परिस्कृत, सुसज्जित एवम् सशक्त देखिन थालेको झापा हल्दिबारी गाउँपालिक- १ का पूर्वअध्यक्ष त्रिलोचन सापकोटा बताउँछन् । ‘सन्थाल जातिले संस्कृति बचाउनका लागि गरिरहेको प्रयासमा स्थानीय, प्रदेश र संघ सरकार साथै स्वयं समुदायले सहयोग गर्नुपर्छ’, उनले  भने, ‘यो समुदायमा कतिपय परिवार आर्थिक विपन्नताबाट गुज्रेको छ । 

    त्यसैले बाजागाजा, नृत्यका लागि चाहिने पहिरन, सजावटका सामान खरिदमा सहयोग गर्न आवश्यक छ ।’ बगैँचामा फूलहरूको विविधताजस्तै विभिन्न अल्पसंख्यक तथा आदिवासी जातजातिको रीरिरिवाजले समाजमा समावेशी र भाइचाराको सुन्दरता थपिएको स्थानीय वुद्धिजीवि नरेश बराल बताउँछन् । 

    यस किसिमका मौलिक परम्परालाई विश्वव्यापी बनाउन सरोकारवाला पक्ष लाग्नुपर्नेमा उनको जोड छ ।यद्यपि, राज्यले आफूहरूको कला, संस्कृति संरक्षण तथा सम्वर्द्धनमा चासो नदेखाएको सन्थाल समुदायको आरोप छ । आर्थिक कारणले नै आफ्नो संस्कृति लोप हुनसक्ने भन्दै उनीहरू चिन्तित देखिन्छन् । झापाको बाह्रदशी गाउँपालिकाको सन्थाल जातिको नृत्य देखाउने एक क्लबका व्यवस्थापक सुफल टुडु आफूहरूले निकै अभाव र संघर्षका बीच नृत्यलाई जोगाइरहेको सुनाउँछन् ।

    खर्चले दासाई प्रदर्शनमा खर्च नउठ्ने र सरकारबाट पनि सहायता नपाएको उनको गुनासो छ । ‘पहिलैदेखि चलेको रीतिरिवाज भएकाले हामी त देखाउँछौं’, टुडुले भने, अहिलेसम्म यसरी नै नाचिरहेका छौं । लागत उठाउनकै लागि भएपनि दिउँसो सकिएन भने राति पनि नाच्छौं । ’सरकारी सहयोगबारेको जिज्ञासामा उनी भन्छन्, ‘बाजागाजा नाचमा कहिलेकाँही बजेट त दिइन्छ । तर सानो सामानमा पनि भ्याट बिल खोज्छन् । कागज पुगेन भनेर रोकिदिन्छन् । हाम्रो कुरो कसले सुन्ने ? त्यसैले समूहले एकचोटि किनेपछि जति सामान छ व्यक्तिगत गर्छौं । गाडी खर्चहरू पनि दिनरात नाचेर जुटाउँछौं ।उनले नाच हेरेबापत दर्शकले खुसीसाथ दान गरेको सय-पचासबाट खर्च धान्ने बताए ।


    को हुन् सन्थाल जाति, कसरी नाँच्छन् दासाई ?

    नेपालका सन्थालहरू आर्थिक, सामाजिक र राजनैतिक रूपमा पिछडिएको जाति मानिन्छन् । उनीहरूले प्रकृतिको पूजा गर्न, पहाड र सालको रुखलाई पवित्र मान्ने भए पनि मधेसी अल्पसंख्यकको सूचीमा सूचीकृत रहेका छन् । संरक्षणको अभावमा उनीहरूको धर्म लिपि र भाषा लोपोन्मुख छ । माता भगवतीको पूजा उपासनाको रूपमा प्रस्तुत गरिने यो नृत्य निकै प्राचीन भएकोले यसको सुरूवात कहिलेदेखि भएको हो भन्ने सम्बन्धमा कुनै ऐतिहासिक तथ्य भने उपलब्ध छैन । 

    तथापि यो परम्परागत नृत्यको इतिहास निकै पुरानो रहेको स्थानीय सन्थालका वयोवृद्धहरु बताउँछन् ।कियो सिन्दूरमा सन्थाल जातिको इतिहास उल्लेख छ । जसमा परापूर्व, दैवी कालमा दानवको अत्याचार खप्न नसकी देवताहरू भगवतीको शरणमा पुगे । 

    देवताहरूको अनुरोध स्वीकार गरी माता भगवती सतिनसार आफ्नो भयङ्कर रूपमा प्रकट भए र दानवीय शक्तिलाई परास्त गरे । अन्तमा बाँचेखुचेका दानव सेनाहरू डरले काम्दै आ-आफ्ना हातहतियार हल्लाउँदै भगवतीको शरणमा परे । 

    भगवतीको सहायतामा देवताले प्राप्त गरेको सोही विजयको खुसियाली एवम् सम्झनास्वरूप सतारहरूले पनि काम्दै, लठ्ठी हल्लाउँदै भगवतीको शरणमा परी नृत्य प्रस्तुत गर्न थालेको बताइन्छ ।

    यही परम्परा आज विकसित र परिमार्जित हुँदै सन्थाल नृत्य बन्न पुगेको कथन छ । भारतमा बसोबास गर्नेलाई सन्ताल भनिएको र नेपालमा बस्नेलाई सतार भनिएको बताइन्छ ।सन्थाल नृत्य आफ्नै जातीय भाषा, गाईजात्रे पहिरन, भावभङ्गीसाथ रंगीन कमिज पञ्ची धोती जस्तो कपडा शीरमा मयूरको प्वाँख र ऐना तथा झुम्काले बनाएको फेटा लगाई, जीउमा कल्ली बाँधेर बाजागाजाको साथ एउटै ताल, सुरमा सामूहिकरूपमा छुट्टाछुट्टै समूहमा प्रस्तुत गरिन्छ । 

    यस नृत्यमा नाच्नेहरू सबै पुरुष सन्थालहरू हुन्छन् भने महिलाले पनि सक्रिय भएर साथ दिन्छन् । नृत्य मध्य अवस्थामा महिलाहरूले बेलाबेलामा भुजा फ्याँक्ने गर्दछन् भने नाचिरहेका सन्थालहरू आफूलाई बहादुर देखाउन माथितिर छरिएको भुजा भुइँमा नझरी खाने प्रयासमा तँछाडमँछाड गर्छन् ।

    दसैँमा देवीपीठमा नृत्य प्रस्तुत गर्न प्रत्येक सन्थाल गाउँबाट मूलीको नेतृत्वमा सन्थालहरू भङ्गी पहिरनमा अपरान्ह जम्मा भई लठ्ठी बजार्दै, ढोल ठोक्दै, बाँसमाथिको मयूरको लिंगो बोकेर छुट्टाछुट्टै समूहमा मेलामा प्रवेश गरी भगवती पीठ परिक्रमा गर्दछन् । अनि एक निश्चित ठाउँमा लिंगो गाडी त्यसैलाई केन्द्र मानेर आफ्नो नृत्यकला प्रदर्शन गर्दछन् । 

    विशेषतः उनीहरू बढी मात्रामा हात र खुट्टाको चाललाई प्रयोग गर्दछन् ।साथै केही समूहले गाइजात्राको प्रतिनिधित्व गर्दछन् भने कोही कालीको शक्ति आफूमा चडेको देखाउन कोर्रा, लठ्ठीको सहजरूपमा सामना गर्दछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दसैँको रमझम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।